बिहीबार , असार १८ गते २०८३    
बिहीबार , असार १८ २०८३

सप्तकोशी सिमेन्टले सेयरधनीलाई १२ प्रतिशत लाभांश दिने, आईपीओ पनि ल्याउने

मंगलबार, कात्तिक २५ २०८२
सप्तकोशी सिमेन्टले सेयरधनीलाई १२ प्रतिशत लाभांश दिने, आईपीओ पनि ल्याउने

सभाले कम्पनीको सञ्चालक समितिमा परिवर्तन गर्दै मोना जालानलाई नयाँ सञ्चालक अध्यक्ष र दिवाकर थापालाई स्वतन्त्र सञ्चालकमा चयन गरेको छ।

काठमाडौं- 'सप्तकोशी ब्राण्ड' को सिमेन्ट उत्पादन गर्ने सप्तकोशी सिमेन्ट लिमिटेडको दोस्रो वार्षिक साधारणसभा काठमाडौंमा सम्पन्न भएको छ।

सभाले कम्पनीको खुद मुनाफाबाट १२ प्रतिशत लाभांश सेयरधनीहरूलाई वितरण गर्ने निर्णय गरेको छ।

साथै, कम्पनीले कुल जारी पुँजीको अधिकतम २० प्रतिशत बराबरको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) सर्वसाधारणमा जारी गर्ने प्रक्रिया अघि बढाउने निर्णय पनि गरेको छ।

सभाले कम्पनीको सञ्चालक समितिमा परिवर्तन गर्दै मोना जालानलाई नयाँ सञ्चालक अध्यक्ष र दिवाकर थापालाई स्वतन्त्र सञ्चालकमा चयन गरेको छ।

दैनिक ६०० टन सिमेन्ट उत्पादन गर्ने यो उद्योग मोरङ जिल्लाको कटहरी गाउँपालिकामा अवस्थित रहेको छ। कम्पनीले उत्पादन गुणस्तर र बजार विस्तारमा निरन्तर सुधार गर्दै देशकै भरपर्दो सिमेन्ट ब्राण्डका रूपमा आफूलाई स्थापित गर्दै आएको जनाएको छ।

प्रकाशित : मंगलबार, कात्तिक २५ २०८२१०:५४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend