शुक्रबार, असार १९ गते २०८३    
शुक्रबार, असार १९ २०८३

नेपाल राष्ट्र बैंकले उपदान कोषको ३ अर्ब ७० करोड रुपैयाँ लगानी गर्ने

बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, कात्तिक २५ २०८२
नेपाल राष्ट्र बैंकले उपदान कोषको ३ अर्ब ७० करोड रुपैयाँ लगानी गर्ने

काठमाडौं- नेपाल राष्ट्र बैंकले उपदान कोषमा रहेको ३ अर्ब ७० करोड रुपैयाँबराबर रकम विभिन्न बैंक तथा वित्तीय संस्थामा लगानी गर्ने भएको छ। केन्द्रीय बैंकले एक सूचनामार्फत एक वर्षका लागि उपदान तथा पेन्सन कोषमा रहेको रकम लगानी गर्ने जनाएको हो।

सूचना अनुसार ‘क’ वर्गका वाणिज्य बैंकमा दुई अर्ब ९६ करोड, ‘ख’ वर्गका राष्ट्रियस्तरका विकास बैंकमा ५५ करोड ५० लाख, राष्ट्रियस्तरका वित्त कम्पनीमा १८ करोड ५० लाख बराबरको रकम लगानी गर्न लागिएको उल्लेख छ।

बैंक तथा वित्तीय संस्था सञ्चालनमा आएको दुई वर्ष पूरा भएको, बैंकबाट तोकिएको न्यूनतम कूल पुँजीकोष कायम रहेको, निष्क्रिय कर्जा कूल कर्जा सापटीको आठ प्रतिशत र खुद निष्क्रिय कर्जा अनुपात तीन प्रतिशत ननाघेको हुनुपर्ने जनाइएको छ।

बैंक तथा वित्तीय संस्था कर्जा निक्षेप अनुपात केन्द्रीय बैंकले निर्धारण गरेको सीमाभित्र रहेको, अघिल्लो आर्थिक वर्षको नाफा-नोक्सान हिसाबअनुसार खुद मुनाफामा रहेको हुनुपर्नेलगात सर्त पूरा गरेको हुनुपर्नेछ।

साथै बैंक तथा वित्तीय संस्थाले उक्त रकम लिनका लागि प्रस्ताव गरिएको ब्याजदरसहित आवेदन दिन सूचनामा आग्रह गरिएको छ। 


प्रकाशित : मंगलबार, कात्तिक २५ २०८२१०:४०
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend