काठमाडौं- अतिकम विकसित मुलुकको अवस्थाबाट विकासोन्मुख मुलुकमा स्तरोन्नतिको तयरीमा रहेपनि पछिल्लो घटनाक्रमका कारण यसको समयसीमा थप गर्नुपर्ने सुझाव नेपाल उद्योग वाणिज्य महासंघले दिएको छ।
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले नेपालको विकासशील मुलुकमा स्तरोन्नतिको विषयमा पुर्नमुल्यांकनसंगै समय सीमा कम्तीमा तीन बर्ष थप्नका लागि पहल गर्न सरकार समक्ष आग्रह गरेका छन्।
योजना आयोगमा सोमबार आयोजित नेपालको विकासशील मुलुकमा स्तरोन्नति सम्बन्धी अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले समय थप गर्न पहल गर्नु पर्ने धारणा राखेका हुन्।
सन् २०२६ नोभेम्बरमा अतिकम विकसित मुलुकबाट विकासशील मुलुकमा स्तरोन्नति हुने पूर्वनिर्धारित समयसीमा रहेको छ।
गरिब मुलुकको सूचिबाट हटेर स्तरोन्नती हुने खुशीको बिषय भएपनि स्तरोन्नतिपछि नेपालमा पर्ने प्रभावबारे विशेषगरि नीति निर्माता र योजनाविद्हरु संवेदनशील हुनुपर्ने उनलको भनाइ थियो।
ढकालले बंगलादेशले पुर्नमुल्यांकन गर्न संयुक्त राष्ट्र संघलाई आग्रह गरिसकेको र त्यस्तै अवस्थामा रहेको नेपालमा पछिल्लो आन्दोलन पछि समय पर सारेको उल्लेख गर्दै यस विषयमा संवेदनशील हुनु पर्ने बताए।