काठमाडौं- भारतबाट नेपाल आउने कार्गोको डिजिटल ट्र्र्र्याकिङ प्रणाली विस्तार भएको छ।
कलकत्ता र बिशाखापटनमबाट नेपालको वीरगजञ्जसम्म पुग्ने कार्गोमा मात्र यस्तो प्रणाली थियो। अबदेखि भने विराटनगर आउने कार्गोमा पनि डिजिटल ट्र्याकिङ प्रणाली लागु हुने भएको छ।
कन्टेनरको रियलटाइम ट्र्याक हुने यो प्रणालीका कारणले भौतिक परीक्षण तथा कागजी प्रक्रियालाई न्यूनीकरण गर्नमा सहयोग गर्छ। यो प्रणाली वीरगञ्जमा पहिलदेखि नै भएपनि अबदेखि विराटनगर र बिशाखापटनमबाट आउनेमा पनि लागु हुनेछ।
भारतीय कुनै पनि यी बन्दरगाहबाट वीरगञ्जसम्म रेलबाट कन्टेनर पुग्न सक्छन्, त्यस्तै भारतको बत्नहासम्म रेलमा र त्यहाँबाट सडकबाट विराटनगर पुग्न सक्छन्।