बिहीबार , असार १८ गते २०८३    
बिहीबार , असार १८ २०८३

बेमौसमी वर्षाले कोशीमा २ अर्बभन्दा बढीको धानबाली नोक्सानी

आइतबार, कात्तिक २३ २०८२
बेमौसमी वर्षाले कोशीमा २ अर्बभन्दा बढीको धानबाली नोक्सानी

कोशी प्रदेशमा कुल दुई लाख ६८ हजार ७६५ हेक्टर जग्गामा धानबाली लगाइएको थियो जसमा १२ हजार ४३२ हेक्टर धानबालीमा बेमौसमी वर्षाले क्षति पुर्‍याएको जनाइएको छ।

विराटनगर- अविरल वर्षाबाट कोशी प्रदेशमा कुल २ अर्ब पाँच करोड ४३ लाख ६७ हजार रूपैयाँबराबरको धानमा क्षति भएको कृषि विकास निर्देशनालय विराटनगले जनाएको छ। कोशी प्रदेशमा कात्तिकको पहिलो हप्तादेखि १७ गतेसम्म अविरल वर्षा भएको थियो।

वर्षाकै कारण सुनसरीमा २०० हेक्टर जग्गामा लगाइएको दुई हजार मेट्रिकटन अर्थात् चार करोड रूपैयाँबराबरको तरकारीमा क्षति पुगेको निर्देशालयका सूचना अधिकारी पूर्णमाया गुरुङले जानकारी दिए।

सूचना अधिकारी गुरुङका अनुसार झापामा चार हजार ३६४ हेक्टर, मोरङमा तीन हजार ४२१ हेक्टर, सुनसरीमा दुई हजार ८५१ हेक्टर, उदयपुरमा ३२३ हेक्टर, इलाममा २६८ हेक्टर, पाँचथरमा १४४ हेक्टर, ताप्लेजुङमा १२० हेक्टर, धनकुटामा ११८ हेक्टर, तेह्रथुममा १५७ हेक्टर, भोजपुरमा २५० हेक्टर, खोटाङमा २०० हेक्टर, ओखलढुंगामा ७६ हेक्टर, सोलुखुम्बुमा १५ हेक्टर र सङ्खुवासभामा १२५ हेक्टर जग्गामा लगाइएको धानबालीमा वर्षाले क्षति पुगेको छ।

कोशी प्रदेशमा कुल दुई लाख ६८ हजार ७६५ हेक्टर जग्गामा धानबाली लगाइएको थियो जसमा १२ हजार ४३२ हेक्टर धानबाली र २०० हेक्टर तरकारी बालीमा बेमौसमी वर्षाले क्षति पुर्‍याएको जनाइएको छ।

जिल्लागत रुपमा मोरङमा ७८ करोड ११ लाख ५६ हजार, सुनसरीमा ४५ करोड ३१ लाख ७२ हजार, उदयपुरमा चार करोड, उदयपुरमा चार करोड ६२ लाख ५३ हजार, इलाममा तीन करोड २१ लाख ४१ हजार, पाँचथरमा एक करोड २२ लाख १७ हजार, ताप्लेजुङमा एक करोड २२ लाख ४३ हजार, धनकुटामा एक करोड ३९ लाख ४० हजार, तेह्रथुममा एक करोड ३३ लाख २० हजारको क्षति भएको छ।

यस्तै, भोजपुरमा दुई करोड ६४ लाख ९२ हजार, खोटाङमा एक करोड ६१ लाख १० हजार, ओखलुढुंगामा ६८ लाख दुई हजार, सोलुखुम्बुमा १४ लाख ६६ हजार र सङ्खुवासभामा एक करोड ११ लाख ८७ हजार रूपैयाँ बराबरको धानबालीमा नोक्सानी भएको छ। रासस


प्रकाशित : आइतबार, कात्तिक २३ २०८२१३:३३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend