बिहीबार , असार १८ गते २०८३    
बिहीबार , असार १८ २०८३

देशभर उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन, एकदुई स्थानमा हल्का वर्षाको सम्भावना

बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, कात्तिक २३ २०८२
देशभर उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन, एकदुई स्थानमा हल्का वर्षाको सम्भावना

कोशी र गण्डकी प्रदेशका हिमाली भागका एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ।

काठमाडौं- हाल देशभर उल्लेखनीय मौसम प्रणालीको प्रभाव रहेको छैन। 

जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतयाः सफा रहनेछ।

विभागद्वार आज यहाँ जारी मौसम बुलेटिनका अनुसार कोशी र गण्डकी प्रदेशका हिमाली भागका एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ। 

आज राति कोशी र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहने बुलेटिनमा उल्लेख छ।


प्रकाशित : आइतबार, कात्तिक २३ २०८२१०:०५
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend