बिहीबार , असार १८ गते २०८३    
बिहीबार , असार १८ २०८३

७१ सेवा केन्द्रमा तीव्र गतिको इन्टरनेट जडान गर्दै काठमाडौं महानगरपालिका

बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, कात्तिक २३ २०८२
७१ सेवा केन्द्रमा तीव्र गतिको इन्टरनेट जडान गर्दै काठमाडौं महानगरपालिका

अहिले जडान गरिएको इन्टरनेट सेवाको भारका आधारमा केन्द्रहरूमा एक जीबीपीएस आधारभूत र प्रिमियम तथा ५०० एमबीपीएस क्षमताको इन्टरनेट जडान गरिएको छ।

काठमाडौं- काठमाडौं महानगरपालिकाले विद्युतीय शासन प्रणालीलाई थप मजबुद बनाउन ७१ सेवा केन्द्रका लागि तीव्र गतिको इन्टरनेट सेवा जडान प्रक्रिया अघि बढाएको छ। 

काठमाडौं महानगरपालिकाले आफ्ना मातहतमा रहेका स्वास्थ्य प्रवर्द्धन केन्द्र, वडा कार्यालयलगायत अन्य सेवा केन्द्रहरूमा तीव्र गतिको ब्रोडब्यान्ड इन्टरनेट (फाइबर टू द होम- एफटिटिएच) जडान प्रक्रिया अघि बढाएको काठमाडौं महानगरपालिकाको प्रशासन शाखा प्रमुख ध्रुवकुमार काफ्लेले जानकारी दिए।     

'यसअघि वडामा २० एमबीपीएस क्षमताको लिज लाइन लिइएको थियो। यसको लागत धेरै थियो। अहिलेको लागत कम र क्षमता बढी भएको छ। अहिले जडान गरिएको इन्टरनेट सेवाको भारका आधारमा केन्द्रहरूमा एक जीबीपीएस आधारभूत र प्रिमियम तथा ५०० एमबीपीएस क्षमताको इन्टरनेट जडान गरिएको छ। २४ घण्टा प्राप्त गर्न सकिने यस सुविधा आगामी साउन मसान्तसम्म रहने छ', उनले भने।   

काफ्लेका अनुसार यो इन्टरनेट ३२ वटा वडा कार्यालय, २४ वटा स्वास्थ्य प्रवर्द्धन केन्द्र बागदरबार, टेकु ट्रान्सफर स्टेसन, महानगर प्रहरी बल (पूर्व क्षेत्र), बग्गीखाना, बसपार्क, सोह्रखुट्टे र कार्यान्वयन एकाइ, बारुण यन्त्र कार्यालय नयाँ सडक, बालाजु र रामहिटी बौद्ध, हनुमानढोका दरबार संरक्षण कार्यक्रम, रानीपोखरी, बसन्तपुर, बालाजु पार्क, शङ्खपार्कलगायत ७१ केन्द्रका लागि खरिद गरिएको हो। 

उक्त सेवा प्रवाह गर्नका लागि काठमाडौं महानगरपालिकाले नेपाल टेलिकमसँग सम्झौतासमेत गरिसकेको छ।

काठमाडौं महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईं र नेपाल टेलिकम, प्रादेशिक निर्देशनालय, बाग्मती प्रदेशका निर्देशक इन्दल यादवले सम्झौतापत्रमा हस्ताक्षर गरेको उनले जानकारी दिए।


प्रकाशित : आइतबार, कात्तिक २३ २०८२०९:५३
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend