काठमाडौं- सामान वा सेवा खरिद गर्दा भुक्तानी नगदमा गर्नु हुन्छ या क्यूआर/अनलाइन वा कार्डमार्फत? पछिल्लो समय डिजिटल माध्यमबाट गरिने भुक्तानी उल्लेख्य रुपमा बढ्दै गइरहेको छ। तर पनि सयौँ देशहरुमा अहिले पनि अर्थतन्त्र चलायमान बनाउन नगदको भूमिका धेरै रहेको छ।
प्रविधि र इन्टरनेटको पहुँच कम भएका देश तथा स्थानहरुमा डिजिटल भुक्तानी हुन कठिन छ। सोही कारण त्यहाँ दैनन्दी काममा नगदकै प्रचलन रहिआएको छ।
सयौँ देश तथा भूभागहरुमा बैंकिङ सेवा नपुगेकाले त्यस्ता ठाउँहरुमा नगदलाई नै वस्तु विनिमयमा बढी प्रभावकारी र विश्वसनीय माध्यम मानिँदै आएको छ। विकसित मुलुकको तुलनामा कम विकसित तथा विकासोन्मुख देशमा धेरै नगदको प्रयोग भइरहेको छ।
म्यानमारमा सबैभन्दा धेरै नगद कारोबार हुँदै आएको छ। त्यहाँ हुने वस्तु विनिमयको कारोबारमा ९८ प्रतिशत नगदमार्फत नै हुँदै आएको छ। भिजुअल क्यापिटालिस्ट विश्वको १ सय २३ देशमा दैनिक कारोबारमा कति हिस्सा नगदको रहेको भन्ने उल्लेख गरेको छ। क्यापिटालिस्टले फरेक्स डटएसईमा उपलब्ध तथ्यांकलाई आधार बनाएको हो।
यहाँ धेरै नगद कारोबार गर्ने १० देश र कम नगद कारोबार गर्ने १० देशबारे उल्लेख गरिएको छ। उल्लेखित तथ्यांक २०२५ को मध्यसम्म भएको कारोबारमा आधारित रहेको छ।
धेरै नगद कारोबार गर्ने १० देश
१. म्यानमार- ९८ प्रतिशत
२. इथियोपिया- ९५ प्रतिशत
३. गाम्बिया- ९५ प्रतिशत
४. अल्बानिया- ९० प्रतिशत
५. क्याम्बोडिया- ९० प्रतिशत
६. लाओस्- ९० प्रतिशत
७. लेबनान- ९० प्रतिशत
८. नेपाल- ९० प्रतिशत
९. पाकिस्तान- ९० प्रतिशत
१०. इराक- ८५ प्रतिशत
कम नगद कारोबार गर्ने १० देश
१. दक्षिण कारोरिया- १० प्रतिशत
२. नर्वे- १० प्रतिशत
३. चीन- १० प्रतिशत
४. आइसल्यान्ड- १० प्रतिशत
५. अस्ट्रेलिया- १० प्रतिशत
६. स्कटल्यान्ड- १२ प्रतिशत
७. इंल्यान्ड- १२ प्रतिशत
८. डेनमार्क- १२ प्रतिशत
९. स्वीडेन- १४ प्रतिशत
१०. न्युजिल्यान्ड- १५ प्रतिशत
यसबाहेक क्यानडामा दैनिक कारोबारमा १५ प्रतिशत नगद प्रयोग हुँदै आएको छ। अमेरिकामा १६ प्रतिशत, सिंगापुरमा २० प्रतिशत, जर्मनीमा ५१ प्रतिशत, जापानमा ६० प्रतिशत र भारतमा ७० प्रतिशत दैनिक कारोबारमा नगदको प्रयोग हुँदै आएको छ।