बिहीबार , असार १८ गते २०८३    
बिहीबार , असार १८ २०८३

आर्थिक गतिविधि तीव्र बनाउने नयाँ योजना बनाएर 'डिमान्ड' बढाउन गभर्नर पौडेलको आग्रह

शनिबार, कात्तिक २२ २०८२
आर्थिक गतिविधि तीव्र बनाउने नयाँ योजना बनाएर 'डिमान्ड' बढाउन गभर्नर पौडेलको आग्रह

आर्थिक विकासका लागि निजी क्षेत्र, सार्वजनिक निकाय र प्रविधिको उपयोगलाई सन्तुलित तरिकाले अघि बढाउनुपर्नेमा उनले जोड दिए।

काठमाडौं- नेपाल राष्ट्र बैंकका गभर्नर विश्व पौडेलले आर्थिक गतिविधि तीव्र पार्न नयाँ योजना तयार गर्न र उपभोग डिमान्ड बढाउन आवश्यक रहेको बताएका छन्। शनिबार उद्योग वाणिज्य महासंघले आयोजना गरेको नेपाल आर्थिक बहस-२ कार्यक्रममा बोल्दै उनले व्यवसायी र नागरिकहरूको मनोबल उच्च राख्नुपर्नेमा जोड दिएका छन्।

गभर्नर पौडेलले प्रविधिको विकासले व्यवसायको प्रकृति र उपभोक्ता मागको शैली बदलिरहेको बताए। त्यसैले परम्परागत व्यवसायले पनि नयाँ शैली अपनाउनुपर्ने आवश्यकता देखिएको उल्लेख गर्दै उनले भने, 'यो बेलामा सार्वजनिक निकायले पनि खर्च बढाउनुपर्छ। गतिविधि नै कम भयो भने आर्थिकरूपमा छलाङ मार्न सकिँदैन।'

नेपाल राष्ट्र बैंकले सकेसम्म सबै क्षेत्रमा आर्थिक गतिविधि सुचारु राख्न र समस्याहरू सम्बोधन गर्न प्रयास गरिरहेको उनले बताए। गभर्नरका अनुसार हाल कालोसूचीमा पर्नेकाहरूको संख्या बढिरहेको छ र करिब ८० प्रतिशत चेक बाउन्समा परेको छ, जसले व्यावसायिक गतिविधिमा दबाब सिर्जना गरेको छ।

आर्थिक विकासका लागि निजी क्षेत्र, सार्वजनिक निकाय र प्रविधिको उपयोगलाई सन्तुलित तरिकाले अघि बढाउनुपर्नेमा उनले जोड दिए। साथै व्यवसायीहरूलाई समयअनुकूल नयाँ योजना र रणनीति बनाउन, मनोबल उच्च राखेर सक्रिय रहन र आर्थिक प्रवाह बढाउन सहकार्य गर्न सुझाव दिएका छन्।


प्रकाशित : शनिबार, कात्तिक २२ २०८२१५:५४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend