बिहीबार , असार १८ गते २०८३    
बिहीबार , असार १८ २०८३

११ वटा सीमानाका ७२ घण्टाका लागि सिल गरिने

शनिबार, कात्तिक २२ २०८२
११ वटा सीमानाका ७२ घण्टाका लागि सिल गरिने
फाइल तस्बिर

शान्ति सुरक्षा व्यवस्थापनका लागि नेपाल-भारत सीमानाकामा मानवीय आकस्मिक सेवाबाहेकका आवागमन पूर्ण रुपमा बन्द गरिने भएको छ।

महोत्तरी- भारतको विहार राज्यमा आगामी मंगलबार हुन लागेको विधानसभा निर्वाचनलाई लक्षित गरी महोत्तरी जिल्लासँग जोडिएका ११ वटा सीमानाका आजदेखि ७२ घण्टाका लागि बन्द गरिने भएको छ। 

भारतको विहार राज्यको विभिन्न विधानसभाको सिटमा यही कात्तिक २५ गते हुन लागेको दोस्रो चरणको निर्वाचनलाई लक्षित गरी आज साँझ ६ बजेदेखि कात्तिक २५ गते साँझ ६ बजेसम्मका लागि महोत्तरीसँग जोडिएका सबै सीमानाका बन्द गरिनुका साथै उच्च सतर्कता अपनाइने महोत्तरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताए।

जिल्ला प्रशासन कार्यालय महोत्तरीले एक सूचना जारी गर्दै शान्ति सुरक्षा व्यवस्थापनका लागि नेपाल-भारत सीमानाकामा मानवीय आकस्मिक सेवाबाहेकका आवागमन पूर्ण रुपमा बन्द गरिने भएको जानकारी दिएको छ। रासस


प्रकाशित : शनिबार, कात्तिक २२ २०८२१३:२३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend