बिहीबार , असार १८ गते २०८३    
बिहीबार , असार १८ २०८३

बाढीपहिरो र जेनजी आन्दोलनको क्षति : २७ अर्बभन्दा बढीको बीमा दाबी

शनिबार, कात्तिक २२ २०८२
बाढीपहिरो र जेनजी आन्दोलनको क्षति : २७ अर्बभन्दा बढीको बीमा दाबी

प्राकृतिक जोखिमबाट हुने क्षतिमा भएको वृद्धिसँगै बीमा कम्पनीमा बीमा दाबीको आवेदन पनि उल्लेख्य रूपमा बढेको छ।

काठमाडौं- गत असोजमा गएको बाढीपहिरोका कारण पुगेको क्षतिका कारण बीमा कम्पनीहरुमा तीन अर्ब ७८ करोड ४० लाख ९० हजार रूपैयाँबराबरको दाबी परेको छ।

गत असोज १७ गतेदेखि १९ गतेसम्म परेको अविरल वर्षाका कारण जनधनको क्षति भएको थियो। प्राधिकरणका अनुसार कूल ४३४ वटा बीमा दाबीको आवेदन परेको छ।

प्राधिकरणका अनुसार सम्पत्ति बीमा ३८२, इञ्जिनियरिङ तथा ठेकेदार जोखिम ९२, कृषि तथा बाली बीमा २०९, मोटर बीमा निजीतर्फ ३७, मोटर बीमा सार्वजनिक १०, अन्य बीमा एक र सामुन्द्रिक बीमाका तीन वटा आवेदन परेको छ।

कूल ३७ जिल्लामा भएको क्षतिको क्षतिपूर्तिका लागि बीमा दाबीको आवेदन परेको छ। सबैभन्दा बढी १९७ वटा बीमा दाबीको आवेदन सुनसरीमा परेको छ। यस्तै, इलाममा ६०, काठमाडौं ८०, मोरङ ९०, झापा २०, पर्सा ७१, रौतटहमा २८ वटा बीमा दाबीको आवेदन परेको छ। 

प्राधिकरणका अनुसार गत भदौ २३ र २४ गतेको आन्दोलनका कारण भएको क्षतिको २३ अर्ब २३ करोड रूपैयाँ बराबरको बीमा दाबीको आवेदन परेको छ। यस्तै, गत असारको बाढीपहिरोका कारण भएको क्षतिको कारण ९८ करोड ५९ लाख रूपैयाँबराबरको बीमा दाबीको आवेदन परेको थियो।

प्राकृतिक जोखिमबाट हुने क्षतिमा भएको वृद्धिसँगै बीमा कम्पनीमा बीमा दाबीको आवेदन पनि उल्लेख्य रूपमा बढेको छ। हाल नेपालमा १४ वटा निर्जीवन बीमा कम्पनी, चार वटा निर्जीवन लघुबीमा कम्पनीमा बीमा दाबीको आवेदन परेको हो। रासस


प्रकाशित : शनिबार, कात्तिक २२ २०८२११:२५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend