बिहीबार , असार १८ गते २०८३    
बिहीबार , असार १८ २०८३

प्रधानमन्त्री कार्की र मन्त्रीहरुको सहभागितामा अर्थ नीतिबारे आज बृहत छलफल हुने

शनिबार, कात्तिक २२ २०८२
प्रधानमन्त्री कार्की र मन्त्रीहरुको सहभागितामा अर्थ नीतिबारे आज बृहत छलफल हुने

जेनजी आन्दोलनपश्चात् देशको समग्र आर्थिक अवस्था र आगामी कार्यदिशा निर्धारणका उद्देश्यसहित आयोजना गरिएको सो बहसमा सरकार र निजी क्षेत्रबीच साझा धारणा बनाउन छलफल भइरहेको महासंघले जनाएको छ।

काठमाडौं- नेपाल उद्योग वाणिज्य महासंघले आज ‘राष्ट्रिय बृहत आर्थिक बहस २.०’ कार्यक्रमको आयोजना गरेको छ।

जेनजी आन्दोलनपश्चात् देशको समग्र आर्थिक अवस्था र आगामी कार्यदिशा निर्धारणका उद्देश्यसहित आयोजना गरिएको सो बहसमा सरकार र निजी क्षेत्रबीच साझा धारणा बनाउन छलफल भइरहेको महासंघले जनाएको छ।

कार्यक्रममा प्रधानमन्त्री सुशीला कार्की, अर्थ, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री रामेश्वर खनाल, ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात तथा सहरी विकास मन्त्री कुलमान घिसिङ, गृह मन्त्री ओमप्रकाश अर्याल र उद्योग, वाणिज्य तथा आपूर्ति, कानून, न्याय तथा संसदीय मामिला तथा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री अनिलकुमार सिन्हाको सहभागिता रहने बताइएको छ।

यस्तै कार्यक्रममा मुख्य सचिव, नेपाल राष्ट्र बैंकका गर्भनर, विभिन्न मन्त्रालयका सचिव, नेपालस्थित विभिन्न देशका राजदूत, विकास साझेदार तथा नियोगका प्रमुख प्रतिनिधिहरु, साथै निजी क्षेत्रका संघसंस्थाका पदाधिकारीहरु सहभागी भएका छन्।

महासंघले यसअघि २०८० सालमा ‘राष्ट्रिय बृहत आर्थिक बहस’ पहिलो श्रृंखला आयोजना गरेको थियो। दोस्रो संस्करणको यस बहसलाई आगामी आर्थिक नीति निर्माण र सरकारी–निजी सहकार्यका दृष्टिले महत्वपूर्ण मानिएको छ।

प्रकाशित : शनिबार, कात्तिक २२ २०८२०८:१९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend