शुक्रबार, असार १९ गते २०८३    
शुक्रबार, असार १९ २०८३

बैंकहरूको निष्क्रिय कर्जा बढ्दै, ९ बैंकको ५ प्रतिशतभन्दा माथि

शनिबार, कात्तिक २२ २०८२
बैंकहरूको निष्क्रिय कर्जा बढ्दै, ९ बैंकको ५ प्रतिशतभन्दा माथि

काठमाडौं- चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमाससम्म वाणिज्य बैंकहरूले नाफा र कर्जा दुबै क्षेत्रमा दबाब झेलिरहेका छन्।

२० वाणिज्य बैंकहरूले यस अवधिमा १३ अर्ब १४ करोड ९८ लाख रुपैयाँ खुद नाफा कमाएका छन्। जुन गत वर्षको सोही अवधिको १६ अर्ब १२ करोड ९४ लाख रुपैयाँको तुलनामा १८.४७ प्रतिशतले घटेको हो।

समीक्षा अवधिमा १५ बैंकको नाफा घटेको छ भने एक बैंक घाटामा पुगेको छ। नाफा घटेसँगै बैंकहरूको निष्क्रिय कर्जासमेत उल्लेख्य दरमा बढेको देखिएको छ।

वित्तीय प्रणालीमा तरलता केही सहज बने पनि कर्जाको गुणस्तर भने कमजोर बन्दै गएको छ। बैंकहरूले लिएको ऋण फिर्ता हुन नसक्ने जोखिम बढ्दै गएपछि धितो लिलामी गरेरसमेत असुल गर्न कठिन भएको र त्यसका लागि कर्जा नोक्सानी व्यवस्था रकम छुट्याउनुपर्ने अवस्थाले बैंकहरूको लगानी क्षमतामा प्रत्यक्ष असर परेको देखिन्छ। यसले पुँजीकोषमाथि पनि दबाब बढाएको बैंकिङ क्षेत्रका विज्ञहरू बताउँछन्।

नेपालका २० वाणिज्य बैंकहरूको औसत निष्क्रिय कर्जा दर गत वर्षको चौथो त्रैमासको ४.०४ प्रतिशतबाट बढेर चालु वर्षको पहिलो त्रैमासमा ४.८९ प्रतिशत पुगेको छ। यो वृद्धि बैंकहरूको कर्जा गुणस्तरमा आएको गिरावटको संकेत हो।

बैंकहरूको निष्क्रिय कर्जा कुनको कति?

क्र.स. बैंकको नाम निष्क्रिय कर्जा  २०८१/८२ निष्क्रिय कर्जा पहिलो तीन महिना
हिमालयन बैंक ४.९८ ७.९३
एनआईसी एशिया बैंक ४.२४ ६.९९
कुमारी बैंक ४.९६ ६.९८
सिटिजन्स बैंक ५.४१ ६.८४
नेपाल इन्भेष्टमेन्ट मेगा बैंक ५.८२ ६.६३
प्राइम बैंक ४.८६ ५.८६
प्रभु बैंक ४.९४ ५.७८
नेपाल बैंक ३.९५ ५.४९
लक्ष्मी सन् बैंक ५.४४ ५.४२
१० ग्लोबल आइएमई बैंक ४.६७ ४.९८
११ कृषि विकास बैंक ४.७८ ४.७८
१२ एनएमबि बैंक ३.६३ ४.५८
१३ नविल बैंक ४.२४ ४.३१
१४ माछापुच्छ्रे बैंक ३.१५ ४.१३
१५ सानिमा बैंक २.९४ ३.९१
१६ राष्ट्रिय वाणिज्य बैंक ४.२३ ३.८३
१७ सिद्धार्थ बैंक ३.९१ ३.८०
१८ नेपाल एसबिआई बैंक १.८४ ३.०१
१९ स्ट्यान्डर्ड चार्टर्ड बैंक १.९५ १.७१
२० एभरेष्ट बैंक ०.७७ ०.७४


प्रकाशित : शनिबार, कात्तिक २२ २०८२१०:१५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend