बिहीबार , असार १८ गते २०८३    
बिहीबार , असार १८ २०८३

'राष्ट्रिय बृहत आर्थिक बहस' आयोजना गर्दै उद्योग वाणिज्य महासंघ

बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, कात्तिक २१ २०८२
'राष्ट्रिय बृहत आर्थिक बहस' आयोजना गर्दै उद्योग वाणिज्य महासंघ

जेनजी आन्दोलन र त्यसपछि देशको समग्र आर्थिक परिस्थिति र आगामी कार्यदिशाका बारेमा साझा धारणा तय गर्न आर्थिक बहस आयोजना गर्न लागिएको महासंघले जनाएको छ।

काठमाडौं- नेपाल उद्योग वाणिज्य महासंघले भोलि शनिबार काठमाडौंमा 'राष्ट्रिय बृहत आर्थिक बहस २.० ' कार्यक्रमको आयोजना गर्ने भएको छ। 

कार्यक्रममा प्रधानमन्त्री सुशीला कार्कीसहित अर्थ, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री रामेश्वर खनाल, ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री कुलमान घिसिङ, गृहमन्त्री ओमप्रकाश अर्याल र उद्योग, वाणिज्य तथा आपूर्ति, कानून, न्याय तथा संसदीय मामिला, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री अनिलकुमार सिन्हाको सहभागिता रहने महासंघले जनाएको छ। 

यस्तै कार्यक्रममा मुख्यसचिव, नेपाल राष्ट्र बैंकका गर्भनर, विभिन्न मन्त्रालयका सचिवहरु, नेपालस्थित विभिन्न देशका राजदूतहरु, विकास साझेदार र नियोगका प्रमुख एवं प्रतिनिधीहरु तथा निजी क्षेत्रका संस्थाहरुका प्रमुख तथा पदाधिकारीहरुको सहभागिता रहने छ।  

जेनजी आन्दोलन र त्यसपछि देशको समग्र आर्थिक परिस्थिति र आगामी कार्यदिशाका बारेमा साझा धारणा तय गर्न आर्थिक बहस आयोजना गर्न लागिएको महासंघले जनाएको छ।

उद्योग वाणिज्य महासंघले यसअघि २०८० सालमा राष्ट्रिय बृहत आर्थिक बहसको पहिलो श्रृंखला आयोजना गरेको थियो।


प्रकाशित : शुक्रबार, कात्तिक २१ २०८२१५:२४
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend