शुक्रबार, असार १९ गते २०८३    
शुक्रबार, असार १९ २०८३

बैंकहरूको खुद नाफा घट्यो : सबैभन्दा बढी नाफा ग्लोबल आईएमई बैंकको, अन्यको अवस्था कस्तो?

शुक्रबार, कात्तिक २१ २०८२
बैंकहरूको खुद नाफा घट्यो : सबैभन्दा बढी नाफा ग्लोबल आईएमई बैंकको, अन्यको अवस्था कस्तो?

काठमाडौं- चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमाससम्म नेपालका २० वाणिज्य बैंकहरूले १३ अर्ब १४ करोड ९८ लाख रुपैयाँ खुद नाफा कमाएका छन्। यो गत वर्षको सोही अवधिको १६ अर्ब १२ करोड ९४ लाख रुपैयाँको तुलनामा १८.४७ प्रतिशतले कम हो।

समीक्षा अवधिमा १५ बैंकको नाफा घटेको छ भने एक बैंक घाटामा पुगेको छ। ग्लोबल आईएमई बैंकको सबैभन्दा बढी नाफामा रहेको छ। ग्लोबल आईएमई बैंकले असोज मसान्तसम्ममा १ अर्ब ८५ करोड ८६ लाख रुपैयाँ खुद नाफा कमाएको छ। जुन गत वर्षको सोही अवधिको तुलनामा २२.९२ प्रतिशत बढी हो।

गत वर्षको प्रथम त्रैमासमा सर्वाधिक नाफा कमाउने नबिल बैंक यस वर्ष दोस्रो स्थानमा झरेको छ। बैंकले १ अर्ब ७५ करोड रुपैयाँ नाफा कमाएको छ। ग्लोबल आईएमई, नबिल, प्राइम, एभरेष्ट र कुमारी बैंक अर्ब क्लबमा रहेका छन्। गत वर्ष आठ बैंक अर्ब क्लबमा थिए। यस वर्ष प्रभु बैंक, एनएमबि बैंक र नेपाल इन्भेष्टमेन्ट मेगा बैंक एक अर्ब रुपैयाँ नाफा गर्ने समूहबाट बाहिरिएका छन्। यता सिटिजन्स बैंक इन्टरनेसनल २२ करोड ४ लाख रुपैयाँ घाटामा पुगेको छ।

राष्ट्रिय वाणिज्य बैंकको नाफा १५ करोड १३ लाख रुपैयाँबाट ५९ करोड ८७ लाख रुपैयाँ पुगेको छ। जसअनुसार नाफा २९५.७२ प्रतिशतले बढेको छ। कृषि विकास बैंकको नाफा ९६.९९ प्रतिशतले घटेको छ।

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नाफा ९६.९२ प्रतिशतले घट्यो। प्रभु बैंकको ४६.३३ प्रतिशतले नाोफा घट्दा हिमालयन बैंक, माछापुच्छ्रे बैंक, सिद्धार्थ बैंक र लक्ष्मी सनराइज बैंकको पनि नाफा घटेको छ।

असोज २०८२ को पहिलो त्रैमाससम्मका वाणिज्य बैंकहरूको खुद नाफा हजारमा

बैंक चालु वर्षको नाफा गत वर्षको  नाफा प्रतिशत
ग्लोबल आइएमई बैंक १,८५८,६५० १,५१२,१४० +२२.९२
नबिल बैंक १,७५६,९९१ २,०५६,५९० -१४.५७
प्राइम कमर्शियल बैंक १,२५८,४३० १,२८६,७८७ -२.२०
एभरेष्ट बैंक १,१७९,२७४ १,१२७,७४० +४.५७
कुमारी बैंक १,०५६,५३१ १,०७८,१७७ -२.०१
एनएमबि बैंक ९१५,९८३ ७२६,४३२ -३.२४
हिमालयन बैंक ७०२,८९४ ८६२,२०१ -१९.७२
स्ट्यान्डर्ड चार्टर्ड बैंक ६९२,१६९ १५१,३०२ +२९५.७२
राष्ट्रिय वाणिज्य बैंक ५९८,७३३ ६०२,१९८ -२.३१
नेपाल बैंक ५८८,२८७ ५५८,४८३ +५.३५
प्रभु बैंक ५०१,५६५ ८१४,६५१ -३८.४३
नेपाल एसबीआई बैंक ४५४,९१८ ३३९,५३० +३३.९८
माछापुच्छ्रे बैंक ४१७,९५६ ५०३,२६३ -१६.९५
सनिमा बैंक ३३२,३३१ ५३६,३५९ -३८.०४
सिद्धार्थ बैंक ३२४,०९१ ३८२,०८४ -१५.१८
एनआईसी एशिया बैंक १२२,१६० ११०,५२६ +१०.५३
नेपाल इन्भेस्टमेन्ट मेगा बैंक ४५,०५० १,४६४,०७५ -९६.९२
कृषि विकास बैंक ५,७३८ १९०,९२३ -९६.९९
सिटिजन्स बैंक इन्टरनेसनल -२२०,४११ १९८,२२० घाटा


प्रकाशित : शुक्रबार, कात्तिक २१ २०८२११:५८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend