शुक्रबार, असार १९ गते २०८३    
शुक्रबार, असार १९ २०८३

नबिल बैंकको खुद नाफा १ अर्ब ७५ करोड रुपैयाँ, अन्य सूचक कस्तो?

बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, कात्तिक २१ २०८२
नबिल बैंकको खुद नाफा १ अर्ब ७५ करोड रुपैयाँ, अन्य सूचक कस्तो?

काठमाडौं- नबिल बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ।

विवरणअनुसार बैंकले पहिलो तीन महिनामा १ अर्ब ७५ करोड रुपैयाँ खुद नाफा कमाएको छ। जुन गत वर्षको सोही अवधिको २ अर्ब ५ करोड रुपैयाँको तुलनामा १४.५७ प्रतिशतले कम हो।

खुद नाफा घट्नुको मुख्य कारण खुद ब्याज आम्दानीमा ५.७ प्रतिशतको गिरावट र लोन लस प्रोभिजन (इम्पेरिमेन्ट चार्ज) बढ्नु हो।

चालु त्रैमासमा बैंकको खुद ब्याज आम्दानी ३ अर्ब ९० करोड रुपैयाँ पुगेको छ, गत वर्षको ४ अर्ब १४ करोड रुपैयाँको तुलनामा घटेको हो। लोन लस प्रोभिजन ४५ करोड ७७ लाख रुपैयाँबाट बढेर ६४ करोड ७२ लाख रुपैयाँ पुगेको छ।

बैंकको वार्षिक प्रतिसेयर आम्दानी २९ रुपैयाँ ८३ पैसा बाट घटेर २५ रुपैयाँ ४९ पैसा पुगेको छ।

असोज मसान्तसम्म बैंकको वितरणयोग्य नाफा ५ अर्ब ६३ करोड रुपैयाँ छ भने प्रतिसेयर वितरणयोग्य नाफा ३०.१५ रुपैयाँ रहेको छ।

बैंकले गत आर्थिक वर्षसम्मको नाफाबाट अझै लाभांश वितरण गरेको छैन। जसले वितरणयोग्य नाफा उल्लेख्य देखाएको छ।

बैंकको निष्क्रिय कर्जा ४.३१ प्रतिशत पुगेको छ, जुन गत वर्षको ४.२४ प्रतिशतको तुलनामा बढेको हो।


प्रकाशित : शुक्रबार, कात्तिक २१ २०८२११:३०
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend