शुक्रबार, असार १९ गते २०८३    
शुक्रबार, असार १९ २०८३

सूचकहरूमा सुधार गर्दै नेपाल इन्भेष्टमेन्ट मेगा बैंक

शुक्रबार, कात्तिक २१ २०८२
सूचकहरूमा सुधार गर्दै नेपाल इन्भेष्टमेन्ट मेगा बैंक

काठमाडौं- नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासमा ४ करोड ५० लाख रुपैयाँ मात्र खुद नाफा गरेको छ। गत आर्थिक वर्षको सोही अवधिमा बैंकले १ अर्ब ४६ करोड रुपैयाँ नाफा कमाएको थियो। बैंकले नोक्सानी व्यवस्थाका लागि करिब ३ करोड रुपैयाँ छुट्याउँदा नाफा नगन्य भएको हो।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ३ अर्ब २४ करोड ३१ लाख रुपैयाँ र खुद फि तथा कमिसन आम्दानी ५६ करोड ४९ लाख रुपैयाँ पुगेको छ। गत आवको सोही अवधिमा ९७ करोड ५२ लाख रुपैयाँ प्रोभिजन छुट्याइएको थियो।

नाफा भारी मात्राले घट्दा बैंकको प्रतिसेयर आम्दानी १७.१६ रुपैयाँबाट घटेर ५३ पैसा कायम भएको छ। असोज मसान्तसम्म बैंकको निष्क्रिय कर्जा ६.६३ प्रतिशत पुगेको छ, जुन गत आवको ५.८२ प्रतिशतको तुलनामा वृद्धि हो। खुद निष्क्रिय कर्जा भने १.४६ प्रतिशत मात्र छ।

बैंकले अहिलेसम्म ४ खर्ब ९३ अर्ब ८५ करोड रुपैयाँ निक्षेप संकलन गरी ३ खर्ब ३० अर्ब ८१ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ। पहिलो त्रैमासमा निक्षेप २३ अर्बले वृद्धि भएको छ भने कर्जा ४ अर्बले विस्तार भएको छ। बैंकको निक्षेप-कर्जा अनुपात ७२.८६ प्रतिशत छ।

असोज मसान्तसम्म बैंकको प्रतिसेयर नेटवर्थ १९६ रुपैयाँ, आरओई ०.२७ प्रतिशत, स्प्रेड दर ३.४४ प्रतिशत र पीई अनुपात ३७४.०५ रहेको छ। बक्यौता ब्याज र गैरबैंकिङ सम्पत्ति बढ्दा ३ महिनाको नाफाबाट सेयरधनीलाई वितरणयोग्य रकम ऋणात्मक छ। बैंकको सञ्चित नाफा असोज मसान्तसम्म १ अर्ब ६६ करोड रुपैयाँ रहेको छ।


प्रकाशित : शुक्रबार, कात्तिक २१ २०८२११:२०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend