शुक्रबार, असार १९ गते २०८३    
शुक्रबार, असार १९ २०८३

कुमारी बैंकको खुद नाफा पहिलो त्रैमासमा सामान्य घट्यो

बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, कात्तिक २१ २०८२
कुमारी बैंकको खुद नाफा पहिलो त्रैमासमा सामान्य घट्यो

काठमाडौं- कुमारी बैंक लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार बैंकको खुद ब्याज आम्दानी वृद्धि भए पनि सञ्चालन मुनाफा र खुद नाफा सामान्य घटेको छ।

समीक्षा अवधिमा बैंकले २ अर्ब ९१ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ। जुन गत आर्थिक वर्षको सोही अवधिको २ अर्ब ८० करोडको तुलनामा ३.७७ प्रतिशतले बढी हो। खुद फि तथा कमिसन आम्दानी ३९.६३ प्रतिशतले बढेको छ भने कुल सञ्चालन आम्दानी १३.१२ प्रतिशतले वृद्धि भएको छ।

तर बैंकको सञ्चालन मुनाफा ८.११ प्रतिशत घटेर १ अर्ब ५ करोड रुपैयाँ पुगेको छ भने खुद नाफा २.०१ प्रतिशत घटेर सोही रकममा सीमित भएको छ। बैंकको निष्क्रिय कर्जा बढेका कारण इम्पेरमेन्ट चार्ज १ अर्ब २६ करोड रुपैयाँ पुगेको छ, जसले मुनाफामा दबाब परेको हो।

समीक्षा अवधिमा प्रतिसेयर आम्दानी ३३ पैसा घटेर १६ रुपैयाँ ११ पैसा पुगेको छ। असोज मसान्तसम्म बैंकको प्रतिसेयर नेटवर्थ १४५ रुपैयाँ २१ पैसा र मूल्य-आम्दानी अनुपात ११.२६ गुणा रहेको छ।

बैंकको चुक्ता पूँजी २६ अर्ब २२ करोड ५८ लाख रुपैयाँ रहेको छ भने जगेडा कोषमा ११ अर्ब ८५ करोड ७० लाख रुपैयाँ सञ्चित छ। पहिलो त्रैमासको अन्त्यसम्म बैंकले ३ खर्ब ६० अर्ब ४० करोड रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब ६९ अर्ब ४१ करोड रुपैयाँ कर्जा परिचालन गरेको छ।


प्रकाशित : शुक्रबार, कात्तिक २१ २०८२११:१५
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend