शुक्रबार, असार १९ गते २०८३    
शुक्रबार, असार १९ २०८३

पहिलो त्रैमासमा ग्लोबल आईएमई बैंकको नाफा २२.९२ प्रतिशतले बढ्यो

बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, कात्तिक २१ २०८२
पहिलो त्रैमासमा ग्लोबल आईएमई बैंकको नाफा २२.९२ प्रतिशतले बढ्यो

काठमाडौं- ग्लोबल आईएमई बैंक लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरणअनुसार बैंकको खुद नाफा र प्रतिसेयर आम्दानी दुबै गत आर्थिक वर्षको सोही अवधिको तुलनामा बढेको छ।

बैंकले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा १ अर्ब ८५ करोड ५८ लाख रुपैयाँ खुद नाफा कमाएको छ, जुन गत वर्षको सोही अवधिको १ अर्ब ५१ करोड २१ लाख रुपैयाँको तुलनामा २२.९२ प्रतिशतले बढी हो।

बैंकको खुद नाफा वृद्धि मुख्यत: खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा बढेसँगै भएको हो। समीक्षा अवधिमा खुद ब्याज आम्दानी ०.३४ प्रतिशत र खुद फि तथा कमिसन आम्दानी २.६२ प्रतिशतले वृद्धि भएको छ। त्यस्तै कुल सञ्चालन आम्दानी ५.३६ प्रतिशत र सञ्चालन मुनाफा १०.४४ प्रतिशतले बढेको छ।

बैंकको वितरणयोग्य मुनाफा पनि ४ अर्ब ८४ करोड ९५ लाख रुपैयाँ पुगेको छ भने वितरणयोग्य प्रतिसेयर आम्दानी २२ रुपैयाँ ९५ पैसा रहेको छ।

समीक्षा अवधिमा प्रतिसेयर आम्दानी २ रुपैयाँ ७७ पैसा बढेर १९ रुपैयाँ ५१ पैसा पुगेको छ। असोज मसान्तसम्म बैंकको प्रतिसेयर नेटवर्थ १७९ रुपैयाँ ५० पैसा र मूल्य-आम्दानी अनुपात १२.१० गुणा रहेको छ।

बैंकको चुक्ता पूँजी ३८ अर्ब ११ करोड रुपैयाँ रहेको छ भने जगेडा कोषमा ३० अर्ब ३० करोड रुपैयाँ सञ्चित छ। असोज मसान्तसम्म बैंकले ५ खर्ब ८२ अर्ब रुपैयाँ निक्षेप संकलन गरी ४ खर्ब २१ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ।


प्रकाशित : शुक्रबार, कात्तिक २१ २०८२११:००
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend