बिहीबार , असार १८ गते २०८३    
बिहीबार , असार १८ २०८३

भारतले रूसबाट तेल किन्न लगभग बन्द गरेको ट्रम्पको दाबी, भारत भ्रमणको तयारी

शुक्रबार, कात्तिक २१ २०८२
भारतले रूसबाट तेल किन्न लगभग बन्द गरेको ट्रम्पको दाबी, भारत भ्रमणको तयारी

बिहीबार ह्वाइट हाउसमा आयोजित पत्रकार सम्मेलनमा ट्रम्पले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आफ्नो मित्र भएको उल्लेख गर्दै भने, 'प्रधानमन्त्री मोदीले रूसबाट तेल खरिद गर्न लगभग बन्द गरिसकेका छन्।

काठमाडौं-अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतले रूसबाट तेल किन्न लगभग बन्द गरेको दाबी गरेका छन्। उनले यस क्रममा छिट्टै भारत भ्रमणमा जाने तयारी भइरहेको पनि बताएका छन्।

बिहीबार ह्वाइट हाउसमा आयोजित पत्रकार सम्मेलनमा ट्रम्पले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आफ्नो मित्र भएको उल्लेख गर्दै भने, 'प्रधानमन्त्री मोदीले रूसबाट तेल खरिद गर्न लगभग बन्द गरिसकेका छन्। उनी मेरा मित्र हुन्। म उनलाई भेट्न जाँदैछु। मोदीले मलाई भारत भ्रमणमा आउन अनुरोध गर्नुभएको छ, हामी छिट्टै यसबारे निर्णय गर्नेछौं।'

ट्रम्पले भारत र पाकिस्तानबीचको युद्ध आफूले रोकाएको दाबी पनि दोहोर्याए। उनका अनुसार उनले व्यापारिक शुल्क (ट्यारिफ)लाई ‘हतियार’ बनाएर दुई देशबीचको तनाव अन्त्य गर्न सहयोग गरेका थिए। 'भारत र पाकिस्तानबीच संघर्ष रोक्न हामीले ट्यारिफलाई हतियार बनायौं,' उनले भने, 'हामीले दबाब दिएर २४ घण्टाभित्रै संघर्ष समाप्त गरिदियौं।'

अन्तर्राष्ट्रिय सञ्चारमाध्यम बीबीसीका अनुसार ट्रम्पको उक्त दाबीबारे भारतले औपचारिक प्रतिक्रिया दिएको छैन। भारत सरकारले रूससँगको ऊर्जा कारोबारबारे विगतमा आफ्ना निर्णयहरू राष्ट्रिय हितका आधारमा हुने भन्दै बारम्बार व्याख्या गर्दै आएको छ।


प्रकाशित : शुक्रबार, कात्तिक २१ २०८२०९:४८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend