बिहीबार , असार १८ गते २०८३    
बिहीबार , असार १८ २०८३

बाँकेमा मतदाता नामावली दर्तामा उत्साहजनक सहभागिता, ४ हजार १९३ जना थपिए

बिहीबार , कात्तिक २० २०८२
बाँकेमा मतदाता नामावली दर्तामा उत्साहजनक सहभागिता, ४ हजार १९३ जना थपिए

जिल्ला निर्वाचन अधिकारी टेकबहादुर शाहीले मतदाता नामावलीमा नाम दर्ता गराउनेमध्ये ६० प्रतिशत हाराहारीमा युवापुस्ता रहेको जानकारी दिए।

नेपालगञ्ज- बाँकेमा फोटोसहितको मतदाता नामावली दर्तामा उत्साहजनक सहभागिता देखिएको छ। हालसम्म चार हजार १९३ जना नयाँ मतदाता थपिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ।

जिल्ला निर्वाचन अधिकारी टेकबहादुर शाहीले मतदाता नामावलीमा नाम दर्ता गराउनेमध्ये ६० प्रतिशत हाराहारीमा युवापुस्ता रहेको जानकारी दिए। उनले निर्वाचन कार्यालयमा दैनिक दुईसयको हाराहारीमा नाम दर्ता भइरहेको बताए।

बाँकेमा तीन लाख ३३ हजार ९३४ मतदाता छन्। सो मतदातामध्ये एक लाख ६९ हजार ८७६ पुरुष, एक लाख ६४ हजार ४९ महिला र नौ जना अन्य छन्। रासस


प्रकाशित : बिहीबार , कात्तिक २० २०८२१६:३६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend