बिहीबार , असार १८ गते २०८३    
बिहीबार , असार १८ २०८३

नेपाल-भारत स्टार्टप कार्यक्रमसम्बन्धी अभिमुखीकरण

बिहीबार , कात्तिक २० २०८२
नेपाल-भारत स्टार्टप कार्यक्रमसम्बन्धी अभिमुखीकरण

आवेदन सन् २०२५ नोभेम्बर १५ गतेसम्म खुल्ला रहनेछ।

काठमाडौं- काठमाडौंस्थित भारतीय राजदूतावासले आगामी महिनामा आयोजना हुन लागेको नेपाल-भारत स्टार्टप पार्टनरसीप नेटवर्कको पहिलो कार्यक्रमसम्बन्धी एक अभिमुखीकरण सत्र आयोजना गरेको छ।

दूतावास परिसरमा मंगलबार आयोजित उक्त सत्रमा विभिन्न स्टार्टपहरू, सरकारी विभागहरू, वाणिज्य संघहरू, रोबोटिक्स एसोसिएसन अफ नेपाल, एनएएस आईटी, फिनटेक एलायन्स, एआई एसोसिएसन अफ नेपाल र शैक्षिक संस्थाहरूबाट करिब १०० जना सहभागीहरू उपस्थित थिए।

वीरगञ्जका तथा त्रिभुवन विश्वविद्यालयअन्तर्गतको इन्जिनियरिङ अध्ययन संस्थान, धरान क्याम्पसका करिब ६० जना सहभागीहरू भर्चुअलरूपमा कार्यक्रममा सहभागी भए।

यसअघि सोही दिन त्रिभुवन विश्वविद्यालयअन्तर्गतको इन्जिनियरिङ अध्ययन संस्थान, पुल्चोक क्याम्पसमा पनि यस्तै सत्र आयोजना गरिएको थियो जसमा करिब ७० विद्यार्थीहरू सहभागी भएका थिए।

भारत र नेपालको स्टार्टप इकोसिस्टमहरूबीचको अन्तरक्रियालाई बढावा दिने व्यापक उद्देश्यका साथ आयोजना गरिने पहिलोपटकको कार्यक्रम सन् २०२५ डिसेम्बरमा आईआईटी मद्रासमा सुरु हुने तालिका रहेको छ।

यसमा नेपालका स्टार्टपहरूका प्रतिनिधिहरूका लागि आईआईटी मद्रास प्रवर्तकसँगको सहकार्यमा आईआईटी मद्रासमा ८-हप्ताको, फुल्ली फण्डेड प्रशिक्षण र नवप्रवर्तन कार्यक्रम समावेश हुनेछ। उक्त मोड्युलमा सहभागीहरूका लागि तालिम, परामर्श र इन्टर्नसीप समावेश हुनेछ।

आईआईटी मद्रास प्रवर्तक एक अग्रणी इन्क्यूबेटर हो जसले हालसम्म ४६ वटा स्टार्टपहरूलाई इन्क्यूबेट गरिसकेको छ जसमध्ये १४ वटाले आफ्नो प्रविधिको सफलतापूर्वक व्यावसायिकीकरण गरेका छन्।

आवेदनहरूको मूल्यांकन र उम्मेदवारहरूको अन्तर्वार्ताका आधारमा उक्त कार्यक्रमको लागि छनौट हुनेछ। आवेदन सन् २०२५ नोभेम्बर १५ गतेसम्म खुल्ला रहनेछ।


प्रकाशित : बिहीबार , कात्तिक २० २०८२१४:२९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend