बिहीबार , असार १८ गते २०८३    
बिहीबार , असार १८ २०८३

विद्यालयमा आगालागी हुँदा दुई करोडभन्दा बढीको क्षति

बिहीबार , कात्तिक २० २०८२
विद्यालयमा आगालागी हुँदा दुई करोडभन्दा बढीको क्षति

अगालागीबाट विद्यालयको दुईतले भवन पूर्णरूपमा जलेर नष्ट भएको छ।

अदानचुली- हुम्लाको अदानचुली गाउँपालिकास्थित छत्रपाल आधारभूत विद्यालयमा गएराति भएको आगालागीबाट दुई करोडभन्दा बढीका संरचना जलेर क्षति पुगेको छ।

अदानचुली-३ मा रहेको सो विद्यालयमा गएराति माथिल्लो तलाकोे झ्यालबाट आगालागी सुरु भएको थियो। अगालागीबाट विद्यालयको दुईतले भवन पूर्णरूपमा जलेर नष्ट भएको छ।

विद्यालयको मुख्य प्रवेशद्वारसहित कक्षा कोठा तथा माथिल्लो तलामा रहेको कार्यालय कोठासमेत जलेर नष्ट भएको विद्यालयका शिक्षक नन्द फडेराले बताए। उनका अनुसार कार्यालय कोठामा रहेको भवनमा आगालागी हुँदा विद्यालयमा रहेका सम्पूर्ण दस्तावेज जलेर नष्ट भएका छन्।

कार्यालय कोठामा भएका सोलार एक थान, दुई थान ल्यापटप, दुई थान कम्प्युटर, चार थान दराज, २० थान कुर्ची, तीन थान मादल, हार्माेनियम, क्यासियो, ड्रमसेट, २०५२ साल देखिका कागजात र दस्तावेजलगायत कक्षा कोठाका डेस्कबेञ्च, प्रिन्टरलगायत सामग्री जलेर नष्ट भएका शिक्षक फडेराले बताए। उनका अनुसार भौतिक संरचनासहित दुई करोड रूप‌ैयाँबराबरको सामग्री जलेर नष्ट भएको अनुमान गरिएको छ।

विद्यालय नजिक बस्ती तथा आगो बाल्ने घरसमेत नरहेकाले अज्ञात समूहले नियोजित रूपमा आगालागी गरेको हुनसक्ने आशंका गरिएको विद्यालयका शिक्षक जमानसिंह परियारले बताए। आगालागी भएको समयमा कार्यालय कोठाको ढोका खुल्ला रहेको पाइएको उनको भनाइ छ। उनका अनुसार विद्यालयमा कक्षा १ देखि ८ सम्म अध्ययन हुने गरेको छ। रासस


प्रकाशित : बिहीबार , कात्तिक २० २०८२१३:२८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend