बिहीबार , असार १८ गते २०८३    
बिहीबार , असार १८ २०८३

वीरगञ्ज भन्साार नाका : विद्युतीय सवारीसाधन आयातमा वृद्धि

बिहीबार , कात्तिक २० २०८२
वीरगञ्ज भन्साार नाका : विद्युतीय सवारीसाधन आयातमा वृद्धि
फाइल तस्बिर

सर्वसाधारणको विद्युतीय सवारीसाधनप्रतिको आकर्षण र चीनको सीमा नाका हुँदै आउने सडकको अवस्था दयनीय भएपछि यो नाका हुँदै हुने आयातमा बढोत्तरी भएको हो।

पर्सा- चालु आवको तीन महिनामा वीरगञ्ज नाका हुँदै ६८ करोड ५ लाख रूपैयाँबराबरको २२९ विद्युतीय जीप, कार र भ्यानहरु आयात भएका छन्। 

गत आर्थिक वर्षको तीन महिनाका तुलनामा चालु आवको सोही अवधिमा विद्युतीय सवारीसाधनको आयात ह्वातै वृद्धि भएको छ। गत आवको तीन महिनामा भने ९७ मात्रै विद्युतीय जीप,कार र भ्यानहरु आयात भएको थियो।

सर्वसाधारणको विद्युतीय सवारीसाधनप्रतिको आकर्षण र चीनको सीमा नाका हुँदै आउने सडकको अवस्था दयनीय भएपछि यो नाका हुँदै हुने आयातमा बढोत्तरी भएको हो।

वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक विष्णुप्रसाद ज्ञवाली पनि पछिल्लो समय विद्युतीय सवारीसाधनको आयातमा उल्लेखनीय वृद्धि भएको बताए।

चालु आवको तीन महिनामा २८ करोड ७९ लाख रूपैयाँबराबरको दुई हजार १९४ विद्युतीय मोटरसाइकल आयात भएको छ। जबकी गत आवको तीन महिनाको अवधिमा भने २१ करोड १७ लाख रूपैयाँबराबर एक हजार ४८१  विद्युतीय मोटरसाइकल आयात भएको थियो। रासस


प्रकाशित : बिहीबार , कात्तिक २० २०८२१२:४८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend