बिहीबार , असार १८ गते २०८३    
बिहीबार , असार १८ २०८३

एनसेलका डेटा प्याक प्रयोगकर्ताहरुलाई मेटलाइफको बीमा सुरक्षा

बिहीबार , कात्तिक २० २०८२
एनसेलका डेटा प्याक प्रयोगकर्ताहरुलाई मेटलाइफको बीमा सुरक्षा

ग्राहकहरूले एनसेल एपमार्फत आफूलाई मनपर्ने प्याक छानी, बीमाका लागि एउटा फाराम भरेर सजिलै यी दुईमध्ये एक प्याक लिन सक्छन्।

काठमाडौं- एनसेल र मेटलाइफ नेपालको साझेदारीमा 'डाटासँगै जीवन बीमा' नामक एक नवीन योजना सुरु भएको छ। यो सेवा लिने ग्राहकहरुले मोबाइल डेटाका साथै जीवन तथा घातक रोगको बीमा एकैसाथ पाउँछन्।

नेपालमै पहिलोपटक सुरु भएको यो सेवाअन्तर्गत एनसेलका ग्राहकहरूले दुई विशेष प्याकेजहरूमध्ये कुनै एक रोजेर बीमाको फाइदा लिन सक्छन्, जसमा डेटा प्रयोगसँगै बीमा सुविधा पनि प्राप्त हुन्छ।

दुई प्याकेजहरूमा पहिलोमा करसहित ९९ रूपैयाँको प्याक रहेको छ। ३ दिन समयसीमा रहेको यो प्याकमा १०० एमबी डेटा, २ लाख रूपैयाँ बराबरको म्यादी जीवन बीमा र २ लाख रूपैयाँ बराबरको घातक रोग बीमा पाइन्छ। यो बीमा सुविधा प्याक खरिद गरेको मितिबाट ३० दिनसम्म मान्य रहन्छ।

दोस्रोमा ३९ रूपैयाँको प्याक रहेको छ। यो प्याकमा ग्राहकले ३ दिनका लागि १०० एमबी डेटा, ५० हजार रूपैयाँ बराबरको म्यादी जीवन बीमा र ५० हजार रूपैयाँ बराबरको घातक रोग बीमा पाउँछन्। यो बीमा सुविधा प्याक खरिद गरिएको मितिबाट ३० दिनसम्म मान्य रहन्छ।

ग्राहकहरूले एनसेल एपमार्फत आफूलाई मनपर्ने प्याक छानी, बीमाका लागि एउटा फाराम भरेर सजिलै यी दुईमध्ये एक प्याक लिन सक्छन्। यी प्याकहरु *१२३*४*६# डायल गरेर पनि लिन सकिन्छ। प्याक लिएका ग्राहकहरुको टर्म लाइफ इन्स्योरेन्स फारम बुझाउने बितिकै तुरुन्तै सुरु हुन्छ भने क्रिटिकल इलनेस (गम्भीर रोग) कभरेज ३० दिनको प्रतिक्षा अवधिपछि सक्रिय हुन्छ।

यो साझेदारीले एनसेल प्रयोगकर्ताहरूका लागि बीमा पहुँच सहज बनाउने लक्ष्य राखेको छ। विशेषतः लामो समयदेखि यस्तो सेवाबाट वञ्चित विकट दुरदराजका समुदायहरुलाई यसले ठूलो महत्व राख्दछ। सुलभ शुल्क, पूर्ण डिजिटल प्रक्रिया, र प्रभावकारी बीमा सुविधासहितको 'डाटासँगै जीवन बीमा' योजनाले नेपालको वित्तीय समावेशिता र सामाजिक सुरक्षातर्फको यात्रामा महत्वपूर्ण यात्रा सुरु गरेको छ।

'मेटलाइफ नेपालसँग साझेदारी गर्दै देशभरका ग्राहकहरूका लागि बीमा सुरक्षा सहितको सेवा दिन पाउँदा हामी अत्यन्तै खुशी छौँ। यो सहकार्यले नेपाली समुदायको तल्लो स्तरसम्म पुगेर ठूलो समूहलाई बीमा पहुँच विस्तार गर्ने सामाजिक प्रतिबद्धता पनि बोकेको छ। आफ्ना ग्राहकहरूका लागि भ्यालु सिर्जना गर्नु हाम्रो कार्यको केन्द्रबिन्दु हो, जसले उनीहरूको जीवनमा मुस्कान र सकारात्मकता ल्याउँछ,' एनसेलका चीफ कन्जुमर बिजनेस अफिसर उपङ्ग दत्तले भने।

मेटलाइफ नेपालका प्रमुख वितरण अधिकृत अरुणबहादुर बस्नेतले भने, 'मेटलाइफ नेपालमा हामी सुरक्षा सबैको अधिकार हो, सुविधा होइन, भन्ने विश्वास गर्छौँ। यो साझेदारीको उद्देश्य पहिलोपटक, सानो र छोटो अवधिको डेटा खरिदबाट तपाईँ र तपाईँको परिवारलाई दीर्घकालीन मानसिक शान्ति प्राप्त गराइ सुरक्षित राख्नु हो।' 


प्रकाशित : बिहीबार , कात्तिक २० २०८२१२:१०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend