शुक्रबार, असार १९ गते २०८३    
शुक्रबार, असार १९ २०८३

कृषि विकास बैंकको १३ प्रतिशत लाभांश घोषणा

बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , कात्तिक २० २०८२
कृषि विकास बैंकको १३ प्रतिशत लाभांश घोषणा

काठमाडौं- कृषि विकास बैंक लिमिटेडले आफ्ना सेयरधनीका लागि कुल १३ प्रतिशत लाभांश घोषणा गरेको छ।

बैंकको सञ्चालक समितिको बैठकले आव २०८०/८१ को नाफाबाट सेयरधनीलाई करसहित ९.७५ प्रतिशत नगद र ३.२५ प्रतिशत बोनस सेयर वितरण गर्ने निर्णय गरेको हो।

साथै बैंकले नेपाल सरकारको अग्राधिकार सेयर पुँजीमा ६ प्रतिशत नगद लाभांश दिने निर्णय पनि गरेको छ। सरकारी पुँजीमा कृषि विकास बैंकले हरेक वर्ष ६ प्रतिशत दरमा नगद लाभांश दिँदै आएको छ।

बैंकले उक्त लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति तथा आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि वितरण गरिने जनाएको छ।

हाल बजारमा बैंकको सेयर मूल्य प्रतिकित्ता करिब ३ सय १५ रुपैयाँमा कारोबार भइरहेको छ।


प्रकाशित : बिहीबार , कात्तिक २० २०८२१०:५०
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend