रुपन्देही- भैरहवा भन्सार कार्यालयले चालु आर्थिक वर्षको प्रथम तीन महिनामा २७ अर्ब ७५ करोड ५३ लाख ७८ हजार रुपैयाँ राजस्व संकलन गरेको छ।
भन्सार अधिकृत सन्तोषकुमार न्यौपानेका अनुसार गत साउनमा ९ अर्ब दुई करोड ९४ लाख ३४ हजार, भदौमा ९ अर्ब ७० करोड ६३ लाख ९नौ हजार र असोजमा ९ अर्ब २८ करोड ६७ लाख २० हजार रुपैयाँ संकलन भएको छ।
जेनजी आन्दोलनमा आगजनी र तोडफोडबाट क्षतिग्रस्त भन्सार कार्यालयले केही समय त्रिपालबाट सेवा प्रवाह गरेको थियो। रासस