बिहीबार , असार १८ गते २०८३    
बिहीबार , असार १८ २०८३

आज यी तीन प्रदेशमा वर्षा र हिमपातको सम्भावना

बिहीबार , कात्तिक २० २०८२
आज यी तीन प्रदेशमा वर्षा र हिमपातको सम्भावना

हाल नेपालको पश्चिमी भू-भागमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ।

काठमाडौं- हाल नेपालको पश्चिमी भू-भागमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार  बिहीबार बिहान देशका तराई भूभागका विभिन्न स्थानहरूमा छिटपुट वर्षा भएको छ।

दिउँसो देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मूख्यतया सफा रहने ‍पूर्वानुमान छ।

कोशी प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा दिउँसो हल्क वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।  

बिहीबार राति कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मूख्यतया सफा रहने पूर्वानुमान छ।  


प्रकाशित : बिहीबार , कात्तिक २० २०८२०७:१८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend