कैलाली- यहाँस्थित घरेलु तथा साना उद्योग कार्यालयमा १५६ नयाँ उद्योग दर्ता भएका छन्। चालु आर्थिक वर्षको तीन महिनामा यी उद्योग थपिएका हुन्।
घरेलु तथा साना उद्योग कार्यालयका अनुसार उक्त अवधिमा ३२ उत्पादनमूलक, ५० कृषिमूलक र ७४ वटा सेवामूलक उद्योग दर्ता भएका हुन्। जिल्लामा हालसम्म १६ हजार २६ घरेलु तथा साना उद्योग दर्ता भएका छन्।
चालु आवको सोही अवधिमा स्थानीय व्यापारअन्तर्गत वाणिज्यसम्बन्धी २०० वटा फर्म दर्ता भएका छन्।
उक्त कार्यालयले चालु आवको उक्त अवधिमा ३९ लाख ९१ हजार ६९९ राजस्व संकलन गरेको छ। गत आवमा एक करोड ६३ लाख ९७ हजार रूपैयाँ राजस्व संकलन भएको थियो। रासस