बिहीबार , असार १८ गते २०८३    
बिहीबार , असार १८ २०८३

नेपालबाट पहिलोपटक 'फ्रोजन फ्रेन्च फ्राइज' अमेरिका निर्यात

बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, कात्तिक १९ २०८२
नेपालबाट पहिलोपटक 'फ्रोजन फ्रेन्च फ्राइज' अमेरिका निर्यात

नेपाली उद्योगको विकास, वैदेशिक मुद्रा आर्जन र उद्यमशिलता निर्माणमा महत्वपूर्ण टेवा पुग्ने विश्वास लिइएको भन्सार कार्यालयले जनाएको छ।

काठमाडौं- भैरहवा भन्सार कार्यालयमार्फत ५४ लाख ८८ हजार १ सय ५८ रुपैयाँबराबरको ‘फ्रोजन फ्रेन्च फ्राइज’ पहिलोपटक अमेरिका निर्यात गरेको छ।

रुपन्देहीमा अवस्थित फूट च्वाइस फुड्स प्रालिबाट अमेरिकास्थित जेन्टको एलएलसीलाई दुई कन्टेर अर्थात् ४३ हजार ५ सय २० किलोग्राम फ्रोजन फ्रेन्च फ्राइज निर्यात भएको हो।

भैरहवा भन्सार कार्यालयले जारी गरेको विज्ञप्तिअनुसार नेपालमा उत्पादित खाद्य वस्तुले अमेरिका जस्तो प्रतिस्पर्धात्मक बजारमा प्रवेश पाएको छ।

यसबाट नेपाली उद्योगको विकास, वैदेशिक मुद्रा आर्जन र उद्यमशिलता निर्माणमा महत्वपूर्ण टेवा पुग्ने विश्वास लिइएको भन्सार कार्यालयले जनाएको छ।

अमेरिकी बजारमा नेपाली फ्रेन्च प्राइजको प्रवेशले भविष्यमा थप नेपाली उत्पादनको विश्वबजार विस्तारको ढोका खोल्ने विश्वास लिइएको छ।

भैरहवा भन्सार कार्यालय निर्यात प्रवद्र्धनका लागि आवश्यक सेवा सुविधा, सूचनाको पहुँच र प्रक्रियागत सहजतामा निरन्तर सुधार गर्न प्रतिवद्ध रहेको भन्सार कार्यालयले जनाएको छ।

निजी क्षेत्र, उत्पादनकर्ता, ढुवानी तथा गुणस्तर नियमन निकायसँगको सहकार्यलाई अझ सुदृढ बनाउँदै जानेतर्फ प्राथमिकतामा रहनेसमेत भैरहवा भन्सार कार्यालयले स्पष्ट पारेको छ।


प्रकाशित : बुधबार, कात्तिक १९ २०८२०९:४७
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend