बिहीबार , असार १८ गते २०८३    
बिहीबार , असार १८ २०८३

भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा ७ करोड ५१ लाख रूपैयाँ संकलन

मंगलबार, कात्तिक १८ २०८२
भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा ७ करोड ५१ लाख रूपैयाँ संकलन

सरकारले जेनजी आन्दोलनमा तोडफोड र आगजनीबाट क्षति पुगेका भौतिक संरचना निर्माणका लागि सहयोग जुटाउन असोजमा कोष खडा गरेको थियो।

काठमाडौं- जेनजी आन्दोलनमा ध्वस्त पारिएका भौतिक संरचना निर्माणका लागि सरकारद्वारा स्थापित 'भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा' ७ करोडभन्दा बढी रकम जम्मा भएको छ।

सरकारले जेनजी आन्दोलनमा तोडफोड र आगजनीबाट क्षति पुगेका भौतिक संरचना निर्माणका लागि सहयोग जुटाउन असोजमा कोष खडा गरेको थियो। उक्त कोषमा मंगलबारसम्ममा ७ करोड ५१ लाख ६० हजार रूपैयाँ पुगेको अर्थ मन्त्रालयका सहसचिव एवम् प्रवक्ता टंकप्रसाद पाण्डेयले जानकारी दिए।

जेनजी आन्दोलनका क्रममा विभिन्न सार्वजनिक संरचना, सरकारी कार्यालय, तथा स्थानीय निकायका भौतिक संरचनामा क्षति पुगेको थियो। ति क्षतिग्रस्त संरचना निर्माणका लागि कोषमा स्थानीय तह, निजी क्षेत्र, स्वदेशी तथा विदेशी नागरिक, मित्रराष्ट्रहरु, विकास साझेदार तथा अन्तर्राष्ट्रिय संघसंस्थालाई सहयोगका लागि अनुरोध गरिएको थियो।


प्रकाशित : मंगलबार, कात्तिक १८ २०८२१६:३५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend