बिहीबार , असार १८ गते २०८३    
बिहीबार , असार १८ २०८३

मुसिकोटमा मकैको पीठो ब्रान्डिङ गरी बजारीकरण

मंगलबार, कात्तिक १८ २०८२
मुसिकोटमा मकैको पीठो ब्रान्डिङ गरी बजारीकरण

राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाइ गुल्मीले उद्योगका लागि केही उपकरण अनुदानमा सहयोग गरेको छ।

गुल्मी- यहाँको मुसिकोट नगरपालिकामा सहकारीमार्फत मकैको पीठो ब्रान्डिङ गरेर बजारीकरण गरिएको छ।

मुसिकोट नगरपालिका-३ स्थित साना किसान कृषि सहकारी संस्थाले बडागाउँ फेदीमा स्थापना गरेको खाद्य प्रशोधन उद्योगबाट मकैको पीठो उत्पादन गरिएको हो। बजारमा मकैको पीठोको माग बढ्न थालेको साना किसान कृषि सहकारी संस्थाका अध्यक्ष हरि छन्तेलले बताए।

राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाइ गुल्मीले उद्योगका लागि केही उपकरण अनुदानमा सहयोग गरेको छ।

उद्योगका लागि नगरपालिका र कृषि ज्ञान केन्द्रबाट ७३ लाख रूपैयाँ र साना किसान सहकारी संस्थाबाट १६ लाख ५० हजार रूपैयाँ सहयोग उपलब्ध गराइएको थियो। उक्त रकमबाट उद्योगको भवन निर्माणदेखि पीठो बजारीकरणसम्म करिब ९० लाख लागेको सहकारी संस्थाका अध्यक्ष छन्त्यालले जानकारी दिए।

साना किसान सहकारीले किसानहरुको मकै प्रतिपाथी २०० रूपैयाँमा खरिद गरी प्रशोधन, लेबलिङ र प्याकेजिङ गरेर बजारमा पुर्‍याउने गरेको छ। हाल पीठो प्रतिकिलो १३० रूपैयाँमा बिक्री भइरहेको छ। सहकारीले २५ किलोको बोरामा पनि पीठो प्याकेजिङ गरेको छ।

सहकारीले यसवर्ष ३५ टन मकैको पीठो बिक्री गर्ने लक्ष्य लिएको सहकारी संस्थाका व्यवस्थापक विवेक पेमीले जानकारी दिए। करिब ३०० किसान सहकारीमा आबद्ध छन्। रासस


प्रकाशित : मंगलबार, कात्तिक १८ २०८२१२:३४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend