बिहीबार , असार १८ गते २०८३    
बिहीबार , असार १८ २०८३

मनास्लु क्षेत्रमा पहिरोमा पुरिएकी विदेशी पर्यटक फेला परिनन्

बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, कात्तिक १८ २०८२
मनास्लु क्षेत्रमा पहिरोमा पुरिएकी विदेशी पर्यटक फेला परिनन्

ठाउँठाउँमा झरेको पहिराका कारण उद्धारकर्ता शुक्रबार र शनिबार घटनास्थलसम्म पुग्न सकेका थिएनन्। पहिरो पन्छाउँदै सो टोली आइतबार घटनास्थल पुगेको थियो।

गोरखा- मनास्लु क्षेत्रमा गत शुक्रबार पहिरोमा पुरिएकी एक विदेशी महिला पर्यटक भेटिएकी छैनन्।

मनास्लु भ्रमणबाट फर्कँदै गर्दा गत शुक्रबार चुमनुब्री-३ न्याकफेदीनजिकै पहिरोमा पुरिएकी चेक रिपब्लिककी ५४ वर्षीया क्याटरिना रास्कोभा सोमबार दिउँसोसम्म फेला नपरेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ।

नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासीको संयुक्त टोलीले लगातार खोज्दा पनि फेला पार्न नसकिएको प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठले बताए।

ठाउँठाउँमा झरेको पहिराका कारण उद्धारकर्ता शुक्रबार र शनिबार घटनास्थलसम्म पुग्न सकेका थिएनन्। पहिरो पन्छाउँदै सो टोली आइतबार घटनास्थल पुगेको थियो। सँगै पदयात्रामा गएका उनका श्रीमान् र पथप्रदर्शकले भने भागेर ज्यान बचाएका थिए। रासस


प्रकाशित : मंगलबार, कात्तिक १८ २०८२१०:४०
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend