बिहीबार , असार १८ गते २०८३    
बिहीबार , असार १८ २०८३

यी हुन् जेनजी आन्दोलनका ४५ सहिद

बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, कात्तिक १८ २०८२
यी हुन् जेनजी आन्दोलनका ४५ सहिद

आन्दोलनमा प्रदर्शनकारी, कैदीबन्दी र अन्य गरी ७२ भन्दा बढीको मृत्यु भएको थियो। सरकारले यसअघि जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेलाई आर्थिक सहायता उपलब्ध गराउने निर्णय गरिसकेको छ।

काठमाडौं- सरकारले जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका ४५ जनालाई सहिद घोषणा गरेको छ।

सिंहदरबारमा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले गत भदौ २३ र २४ गते जेनजीद्वारा गरिएको आन्दोलनमा मृत्युवरण गरेका मध्ये ४५ जनालाई गृह मन्त्रालयको प्रस्तावमा सहिद घोषणा गरेको हो। 

सो आन्दोलनमा प्रदर्शनकारी, कैदीबन्दी र अन्य गरी ७२ भन्दा बढीको मृत्यु भएको थियो। सरकारले यसअघि जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेलाई आर्थिक सहायता उपलब्ध गराउने निर्णय गरिसकेको छ।

प्रदर्शनका क्रममा काठमाडौंलगायत देशका विभिन्न भागमा ज्यान गुमाएका ४५ जना व्यक्तिहरूलाई राज्यको तर्फबाट सहिद घोषणा गर्ने निर्णय भएको सरकारका प्रवक्तासमेत रहेका सञ्चारमन्त्री जगदीश खरेलले जानकारी दिएका छन्।  

यी हुन् जेनजी आन्दोलनका सहिद

काठमाडौंको कीर्तिपुर नगरपालिका-२ : बुद्धिबहादुर तामाङ 

काठमाडौं महानगरपालिका-११ : ईस्वतबहादुर अधिकारी

उदयपुरको बेलका नगरपालिका-४ : सन्तोष विश्वकर्मा

बाँकेको नेपालगञ्ज उपमहानगरपालिका-१ : सुलभराज श्रेष्ठ

बाँकेको नेपालगञ्ज उपमहानगरपालिका-१ : आयुष थापा

मोरङको बेलबारी नगरपालिका-११ : श्रीयम चौलागाईँ

कैलालीको धनगढी उपमहानगरपालिका-५ : गौरव जोशी 

सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका-६ : योगबहादुर श्रेष्ठ 

सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका-८ : उमेश महत

पर्साको वीरगञ्ज महानगरपालिका-१२ : असहाव आलम ठकुराई

बागलुङको बालगुङ नगरपालिका-४ : सौरनकिशोर श्रेष्ठ

बझाङको खप्तडछान्ना गाउँपालिका-७ : सुभाषकुमार बोहरा 

बझाङको दुर्गाथली गाउँपालिका-१ : भीमराज धामी

काभ्रेपालञ्चोकको पनौती नगरपालिका-१० : रसिक खतिवडा खत्री 

काभ्रेपालञ्चोकको तेमाल गाउँपालिका-७ : दिलनारायण तामाङ

ललितपुरको ललितपुर महानगरपालिका-७ : विनोद महर्जन

सिन्धुलीको गोलञ्जोर गाउँपालिका-१ : योगेन्द्र न्यौपाने

सिन्धुलीको दुधौली नगरपालिका-८ : मिलन राय 

सिन्धुलीको तीनपाटन गाउँपालिका-६ : दिपेश सुनुवार 

धनकुटाको पाख्रिबास नगरपालिका-२ : छत्रमान कुथुमी

बाजुराको स्वामिकार्तिक खापर गाउँपालिका-२ : ओझन बुढा

उदयपुरको चौदण्डीगढी नगरपालिका-३ : सारकुमार राई

नुवाकोटको ककनी गाउँपालिका-१ : शभराज बलामी श्रेष्ठ

नुवाकोटको पञ्चकन्या गाउँपालिका-२ : लच्छुमान राई 

नुवाकोटको तादी गाउँपालिका-३ : धिरज श्रेष्ठ

सर्लाहीको लालबन्दी नगरपालिका-५ : देवकुमार सुवेदी

सङ्खुवासभाको सिलिचोङ गाउँपालिका-३ : प्रविण कुलुङ

चितवनको कालिका नगरपालिका-८ : निखिता गौतम

दोलखाको शैलुङ गाउँपालिका-४ : अभिषेक चौलागाईँ 

दोलखाको विगु गाउँपालिका-३ : महेश बुढाथोकी

सिरहाको लहान नगरपालिका-१५ : विजय चौधरी 

बैतडीको दशरथ नगरपालिका-६ : निरज पन्त 

बैतडीको शिवनाथ गाउँपालिका-२ : दीपकसिंह साउद 

सुनसरीको इनरुवा नगरपालिका-६ : अभिषेक श्रेष्ठ

सुनसरीको धरान उपमहानगरपालिका-२२ : साजन राई 

सुनसरीको इटहरी उपमहानगरपालिका-१४ : मोहन सरदार

अर्घाखाँचीको भूमिकास्थान नगरपालिका-४ : माधव सारु मगर 

गोरखाको बारपाक सुलिकोट गाउँपालिका-५ : बिमलबाबु भट्ट

गोरखाको गण्डकी गाउँपालिका-४ : अर्जुन भट्ट

गोरखाको पालुङटार नगरपालिका-२ : अनिश पराजुली

झापाको अर्जुनधारा नगरपालिका-११ : ज्ञानिन्द्र सेढाईँ 

झापाको अर्जुनधारा नगरपालिका-८ : दिनेश राजवंशी

पाँचथरको हिलिहाङ गाउँपालिका-२ : कमल भण्डारी

कास्कीको रुपा गाउँपालिका-५ : अमृत गुरुङ 

दार्चुलाको लेकाम गाउँपालिका-३ : उत्तम थापा


प्रकाशित : मंगलबार, कात्तिक १८ २०८२१०:०४
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend