बिहीबार , असार १८ गते २०८३    
बिहीबार , असार १८ २०८३

क्वारेन्टिन कार्यालय काँकरभिट्टा : ३ अर्ब ३६ करोड रुपैयाँबराबरको कृषिजन्य वस्तु निर्यात

बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, कात्तिक १८ २०८२
क्वारेन्टिन कार्यालय काँकरभिट्टा : ३ अर्ब ३६ करोड रुपैयाँबराबरको कृषिजन्य वस्तु निर्यात

आयात हुने मुख्य कृषिजन्य वस्तुहरूमा आलु, कोदो, गेडागुडी दलहन, चामल, ताजा तरकारी, ताजा फलफूल, लसुन, मकै, पशु दानालगायत रहेका छन्।

झापा- प्लान्ट क्वारेन्टिन तथा विषादी व्यवस्थापन केन्द्र क्वारेन्टिन कार्यालय काँकरभिट्टाबाट चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासिकमा ३ अर्ब ३६ करोड ७८ लाख ६० हजार रुपैयाँबराबरको कृषिजन्य वस्तु निर्यात भएको छ।

कार्यालयका सूचना अधिकारी चन्द्रेश्वर ठाकुरका अनुसार निर्यात हुने मुख्य वस्तुहरूमा अलैँची, चिया, प्लाइ तथा भेनियर, अदुवा, अम्लिसोलगायत रहेका छन्।

उक्त तीन महिनामा सबैभन्दा धेरै अलैँची एक अर्ब ५१ करोड ८१ लाख, चिया ७५ करोड ६६ लाख, प्लाइउड २७ करोड ७४ लाख, भेनियर २७ करोड २८ लाख, अम्लिसो १९ करोड ५९ लाख मूल्यबराबरको निर्यात भएको छ।

त्यसैगरी, कार्यालयको तथ्यांकअनुसार अदुवा ११ करोड ९० लाख, ताजा तरकारी नौ करोड ४७ लाख, जडीबुटी एक करोड २४ लाख, मसुरो दाल सात करोड ४१ लाख मूल्यबराबरको निर्यात भएको छ।

सूचना अधिकारी ठाकुरका अनुसार सोही अवधिमा पूर्वीनाकाबाट एक अर्ब ४५ करोड १३ लाख ६५ हजार मूल्यबराबरको कृषिजन्य मालवस्तु आयात भएको छ। 

आयात हुने मुख्य कृषिजन्य वस्तुहरूमा आलु, कोदो, गेडागुडी दलहन, चामल, ताजा तरकारी, ताजा फलफूल, लसुन, मकै, पशु दानालगायत रहेका छन्।

क्वारेन्टिन कार्यालयको तथ्यांकअनुसार कोदो छ करोड २० लाख, चामल चार करोड ९६ लाख, तरकारी तीन करोड छ लाख मूल्यबराबरको आयात भएको छ।

त्यसैगरी, ताजा फलफूल २३ करोड ६७ लाख, लसुन १७ करोड ९९ लाख, आलु ३० करोड ७७ लाख मूल्यबराबरको आयात भएको क्वारेन्टिन कार्यालयले जनाएको छ। रासस


प्रकाशित : मंगलबार, कात्तिक १८ २०८२०९:४६
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend