शुक्रबार, असार १९ गते २०८३    
शुक्रबार, असार १९ २०८३

काठमाडौं महानगरले थाल्यो तार व्यवस्थापनको काम

सोमबार, कात्तिक १७ २०८२
काठमाडौं महानगरले थाल्यो तार व्यवस्थापनको काम

लत्रिएका तारले पैदलयात्री अल्झिने, सडकसम्म लत्रिँदा सवारी दुर्घटना हुने गरेकाले व्यवस्थापन सुरु गरिएको हो।

काठमाडौं- काठमाडौं महानगरपालिकाले महानगर क्षेत्रका विभिन्न स्थानमा लत्रिएका तार व्यवस्थापन सुरु गरेको छ।

महानगरका विभिन्न भागमा लत्रिएका तारले पैदलयात्री अल्झिने, सडकसम्म लत्रिँदा सवारी दुर्घटना हुने गरेकाले व्यवस्थापन सुरु गरिएको महानगर प्रहरी बलका प्रहरी निरीक्षक रामेश्वर पौडेलले जानकारी दिए।

पहिलो चरणमा महानगरको पुतलीसडक, थापाथली र बबरमहल क्षेत्रमा तार व्यवस्थापन भइरहेको उनले बताए।

नेपाल विद्युत् प्राधिकरणले विद्युत् लाइनका लागि राखेको खम्बामा विभिन्न इन्टरनेट कम्पनी र स्पेस टीभी नेटवर्कले तार टाँगेर अस्तव्यस्त बनाएका कारण समस्या हुने गरेको छ। ती कम्पनीले प्राधिकरणलाई तार लगेबापत शुल्क तिर्ने गरे पनि तार व्यवस्थापन गर्ने गरेका छैनन्। रासस


प्रकाशित : सोमबार, कात्तिक १७ २०८२१७:४४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend