शुक्रबार, असार १९ गते २०८३    
शुक्रबार, असार १९ २०८३

आइतबार बढेको सेयर बजार सोमबार सामान्य घट्यो, ६ अर्ब रुपैयाँको कारोबार

सोमबार, कात्तिक १७ २०८२
आइतबार बढेको सेयर बजार सोमबार सामान्य घट्यो, ६ अर्ब रुपैयाँको कारोबार

काठमाडौं- गएको साता समग्रमा ९६.५३ अंकले बढेको सेयर बजार यो साता पहिलो कारोबारमा आइतबार पनि उचाइतर्फ नै लागेकोमा सोमबार भने घटेको छ। 

आइतबार ३०.७५ अंकले बढेर बजार २६३१.१४ बिन्दुमा पुगेको बजार सोमबार ८.२३ अंकले घटेर २६२२.९० बिन्दुमा झरेको छ। ७२ कम्पनीको मात्र सेयर मूल्य बढेको बजारमा ६ अर्ब ५ करोड २२ लाख रुपैयाँको कारोबार भएको छ। 

गएको साता पहिलो कारोबारमा आइतबार ५.१९ अंकले बढेको बजार दोस्रो कारोबारमा मंगलबार ६२.२९ अंकले बढेको थियो। बुधबार ५.१७ अंकले घटेको बजार बिहीबार ३४.२२ अंकले बढेर २६००.३८ बिन्दुमा उक्लिएको थियो।

आउँदो चुनावसम्म बजारले गति समात्ने विश्लेषकहरूले बताइरहेका छन्। सरकारले निजी क्षेत्रमैत्री विभिन्न नीतिका साथै पुँजी बजारलाई समेत विशेष ध्यान दिइरहँदा लगानीकर्ता पर्ख र हेरको अवस्थामा देखिन्छन्। 

गएको साउनमा देखिएको उछालपछि बजार धरमर गरिरहँदा बढ्दो ट्रेन्ड छायामा देखिएको थियो। बढ्दो बजारमा केही समय उतारचढाव हुनु स्वाभाविक नै मान्नुपर्ने विश्लेषकहरू बताउँछन्। बजारले नयाँ उचाइ भेट्न मुस्किल भइरहँदा केही लगानीकर्ता अतालिए भने केहीले सुझबुझपूर्ण 'स्टप लस हन्ट' गरे।

२०७८ भदौ २ गते कीर्तिमान बनेको हालसम्मकै उच्च ३१९९.०३ को बिन्दु पार हुने पर्खाइमा लगानीकर्ता लामो समयदेखि देखिन्छन्। गएको वर्ष साउन ३१ गते ३०००.८१ को बिन्दुसम्म पुगेको बजार त्यसयता उतारचढावमा देखिएकोमा गएको साउन १३ गते पनि ३००२.०८ बिन्दुसम्म पुगेको थियो।


प्रकाशित : सोमबार, कात्तिक १७ २०८२१५:०२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend