शुक्रबार, असार १९ गते २०८३    
शुक्रबार, असार १९ २०८३

बाढीपहिरोले पाँच राजमार्ग अवरुद्ध

बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, कात्तिक १७ २०८२
बाढीपहिरोले पाँच राजमार्ग अवरुद्ध

कोशी राजमार्ग, इलामको मेची राजमार्ग, नेपाल-चीन जोड्ने राजमार्ग, पासाङ ल्हामु सडक र जोमसोम-कोरोला सडकखण्ड अवरुद्ध छन्।

काठमाडौं- बाढीपहिरोका कारण मुलुकका पाँच राजमार्ग अझै अवरुद्ध छन्।

नेपाल प्रहरीका प्रवक्ता एवं प्रहरी नायव महानिरीक्षक विनोद घिमिरेले वर्षाका कारण पाँच राजमार्ग पूर्णरुपमा अवरुद्ध तथा दुई राजमार्ग एकतर्फी सञ्चालनमा आएका जानकारी दिए।

सङ्खुवासभाको भोटखोलास्थित कोशी राजमार्ग, इलामको मेची राजमार्ग, रसुवाको गोसाईकुण्ड गाउँपालिकास्थित नेपाल-चीन जोड्ने राजमार्ग, रसुवास्थित पासाङ ल्हामु सडक र मुस्ताङमा पर्ने जोमसोम-कोरोला सडकखण्ड अवरुद्ध छन्।

यस्तै बाढीपहिरो जाँदा धनकुटाको साँगुरीगढी गाउँपालिका-६ मा पर्ने कोशी लोकमार्ग एकतर्फी सञ्चालनमा आएको प्रहरीले जनाएको छ। रासस


प्रकाशित : सोमबार, कात्तिक १७ २०८२१३:०१
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend