शुक्रबार, असार १९ गते २०८३    
शुक्रबार, असार १९ २०८३

एनआईसी एसिया बैंकको सीईओमा सुजित शाक्य नियुक्त

सोमबार, कात्तिक १७ २०८२
एनआईसी एसिया बैंकको सीईओमा सुजित शाक्य नियुक्त

काठमाडौं- एनआईसी एसिया बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुजितकुमार शाक्य नियुक्त भएका छन्। बैंकको सोमबार बसेको सञ्चालक समिति बैठकले शाक्यलाई चार वर्षे कार्यकालका लागि सीईओको जिम्मेवारी दिएको हो।

शाक्यले ३० दिनभित्र बैंकमा नयाँ कार्यभार सम्हाल्ने छन्। नियुक्तिपश्चात् शाक्यले बैंकलाई थप उचाइमा पुर्‍याउने लक्ष्यका साथ काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

बैंकिङ क्षेत्रमा करिब तीन दशक लामो अनुभव रहेका शाक्य यसअघि नबिल बैंकका वरिष्ठ डेपुटी सीईओ थिए। 

शाक्य नबिल बैंकमा जानुअघि ग्लोबल आईएमई बैंकमा कार्यरत थिए। त्यसअघि उनले जनता बैंकमा अनुभव हासिल गरेका थिए। उनी त्यसअघि सिभिल बैंकमा पनि कार्यरत थिए।

एनआईसी एसियामा सीईओ रोशन कुमार न्यौपानेले राजीनामा दिएपछि उक्त पद रिक्त भएको थियो।


प्रकाशित : सोमबार, कात्तिक १७ २०८२११:४९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend