शुक्रबार, असार १९ गते २०८३    
शुक्रबार, असार १९ २०८३

सेयर बजारमा हरियाली, विश्वस्त हुँदै छन् लगानीकर्ता

आइतबार, कात्तिक १६ २०८२
सेयर बजारमा हरियाली, विश्वस्त हुँदै छन् लगानीकर्ता

काठमाडौं- गएको साता समग्रमा ९६.५३ अंकले बढेको सेयर बजार यो साता पहिलो कारोबारमा पनि उचाइतर्फ नै लागेको छ। 

आइतबार ३०.७५ अंकले बढेर बजार २६३१.१४ बिन्दुमा पुगेको छ। २०५ कम्पनीको सेयर मूल्य बढेको बजारमा ९ अर्ब २० करोड ३१ लाख रुपैयाँको कारोबार भएको छ। ४२ कम्पनीको सेयर मूल्य घटेको छ।

गएको साता पहिलो कारोबारमा आइतबार ५.१९ अंकले बढेको बजार दोस्रो कारोबारमा मंगलबार ६२.२९ अंकले बढेको थियो। बुधबार ५.१७ अंकले घटेको बजार बिहीबार ३४.२२ अंकले बढेर २६००.३८ बिन्दुमा उक्लिएको थियो।

आउँदो चुनावसम्म बजारले गति समात्ने विश्लेषकहरूले बताइरहेका छन्। सरकारले निजी क्षेत्रमैत्री विभिन्न नीतिका साथै पुँजी बजारलाई समेत विशेष ध्यान दिइरहँदा लगानीकर्ता विस्तारै विश्वस्त देखिन थालेका छन्। 

२०७८ भदौ २ गते कीर्तिमान बनेको हालसम्मकै उच्च ३१९९.०३ को बिन्दु पार हुने पर्खाइमा लगानीकर्ता लामो समयदेखि देखिन्छन्। गएको वर्ष साउन ३१ गते ३०००.८१ को बिन्दुसम्म पुगेको बजार त्यसयता उतारचढावमा देखिएकोमा गएको साउन १३ गते पनि ३००२.०८ बिन्दुसम्म पुगेको थियो।

गएको साउनमा देखिएको उछालपछि बजार धरमर गरिरहँदा बढ्दो ट्रेन्ड छायामा देखिएको थियो। बढ्दो बजारमा केही समय उतारचढाव हुनु स्वाभाविक नै मान्नुपर्ने विश्लेषकहरू बताउँछन्। बजारले नयाँ उचाइ भेट्न मुस्किल भइरहँदा केही लगानीकर्ता अतालिए भने केहीले सुझबुझपूर्ण 'स्टप लस हन्ट' गरे।


प्रकाशित : आइतबार, कात्तिक १६ २०८२१५:०४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend