शुक्रबार, असार १९ गते २०८३    
शुक्रबार, असार १९ २०८३

उपत्यकाभित्र लाइसेन्स र सवारी दर्ताको काम आंशिक रुपमा सञ्चालन

आइतबार, कात्तिक १६ २०८२
उपत्यकाभित्र लाइसेन्स र सवारी दर्ताको काम आंशिक रुपमा सञ्चालन

विभागले अन्य यातायात व्यवस्था कार्यालयहरुलाई आवश्यक पर्ने नेटवर्किङ, वायोमेट्रिक्सलगायत उपकरण तयारी अवस्थामा राख्न र विभागसँग नियमित सम्पर्कमा रही सेवा व्यवस्थापन गर्न आग्रह गरेको छ।

काठमाडौं- जेनजी आन्दोलनका क्रममा आगजनीबाट क्षति पुगेको यातायात व्यवस्था विभागले आंशिक रुपमा सवारी चालक अनुमतिपत्र र सवारी दर्तासम्बन्धी काम सुरु भएको जनाएको छ। 

भदौ २४ गते भएको आगजनीका क्रममा यातायात व्यवस्था विभागको सर्भरलगायत सबै जलेको थियो। यसरी आगजनी भएसँगै विभागबाट हुने विद्युतीय सवारी चालक अनुमतिपत्र र सवारी दर्तालगायत काम रोकिएको थियो। 

डेटा रिकभरलगायत काम गरेसँगै विभागले आइतबार अर्थात कात्तिक १६ गतेबाट उपत्यकाका यातायात व्यवस्था कार्यालयहरुमा लाइसेन्स र सवारी दर्तासम्बन्धी काम आंशिकरुपमा सुरु भएको जनाएको छ। 

अन्य यातायात व्यवस्था कार्यालयहरुमा विद्युतीय सवारी चालक अनुमतिपत्र र सवारी दर्ता प्रणाली र भीआरएस सञ्चालन गर्नका लागि प्रणाली परीक्षणको कार्य भइरहेकाले क्रमशः देशभरका कार्यालयबाट सेवा दिँदै जाने विभागले जनाएको छ। 

साथै विभागले अन्य यातायात व्यवस्था कार्यालयहरुलाई आवश्यक पर्ने नेटवर्किङ, वायोमेट्रिक्सलगायत उपकरण तयारी अवस्थामा राख्न र विभागसँग नियमित सम्पर्कमा रही सेवा व्यवस्थापन गर्न आग्रह गरेको छ। 


प्रकाशित : आइतबार, कात्तिक १६ २०८२१४:५४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend