शुक्रबार, असार १९ गते २०८३    
शुक्रबार, असार १९ २०८३

स्याफ्रुबेँसी-रसुवागढी सडक मर्मत सुरु

आइतबार, कात्तिक १६ २०८२
स्याफ्रुबेँसी-रसुवागढी सडक मर्मत सुरु

पाँच दिनमा मर्मत सम्पन्न गर्ने लक्ष्यका साथ यही कात्तिक १५ गतेदेखि डोजर परिचालन गरिएको हो।

रसुवा- पाँच दिनदेखिको लगातार वर्षाका कारण अवरूद्ध स्याफ्रुबेँसी-रसुवागढी खण्डको अन्तर्राष्ट्रिय राजमार्ग पुनः सञ्चालनका लागि मर्मत सुरू भएको छ। भारी वर्षाका कारण सडकका दर्जनौँ स्थानमा क्षति भइ यातायात सञ्चालनमा अवरूद्ध भएको थियो।

सडक विभागकै स्वामित्वमा रहेको डोजरको सहायताले अन्तर्राष्ट्रिय राजमार्गको मर्मत सुरू गरिएको गल्छी, त्रिशूली, मैलुङ स्याफ्रुबेँसी, रसुवागढी सडक सुधार आयोजनाका प्रमुख कृष्णनाथ ओझाले जानकारी दिए।

उनका अनुसार पाँच दिनमा मर्मत सम्पन्न गर्ने लक्ष्यका साथ यही कात्तिक १५ गतेदेखि डोजर परिचालन गरिएको हो।

गत असार र साउनको वर्षाले क्षति बनाइ पुनः सञ्चालनमा ल्याएपश्चात् कात्तिकको वर्षाका कारण सडकमा फेरि क्षति पुगेको थियो। ठाडो खोलाले खोलेर जग उतारेको कुलुङखोला पुलको जगमा सिमेन्टको कंक्रिट भर्ने काम भने सम्पन्न गराइसकेको सडक सुधार आयोजनाले जनाएको छ। रासस


प्रकाशित : आइतबार, कात्तिक १६ २०८२१२:५६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend