शुक्रबार, असार १९ गते २०८३    
शुक्रबार, असार १९ २०८३

सामाजिक सुरक्षा कोषमा ९४ अर्ब

आइतबार, कात्तिक १६ २०८२
सामाजिक सुरक्षा कोषमा ९४ अर्ब

सामाजिक सुरक्षा कोषमा हालसम्म कूल  ९४ अर्ब नौ करोड एक लाख ७९ हजार रुपैयाँ बराबरको रकम जम्मा भएको छ।

काठमाडौं- सामाजिक सुरक्षा कोषमा हालसम्म कुल ९४ अर्ब नौ करोड एक लाख ७९ हजार रुपैयाँ बराबरको रकम जम्मा भएको छ।

कोषले  १७ अर्ब २९ करोड ३० लाख ५१ हजार रुपैयाँ बराबरको रकम योगदानकर्तालाई भुक्तानी समेत गरेको छ ।

कोषमा कूल २५ लाख ९२ हजार एक सय ४१ जना सूचीकृत योगदानकर्ताका रुपमा समावेश भएका छन्। कोषमा २२ हजार एक सय २५ सूचीकृत रोजगारदाता रहेका छन्। रोजगारदातालाई क्रमशः सूचीकृत गराउन कोषले आवश्यक पहल समेत गरिरहेको जनाएको छ। 

कोषमा औषधी उपचार, स्वास्थ्य तथा मातृत्व दावी रकम दुई अर्ब ४२ करोड ५० लाख ८१ हजार रुपैयाँ रहेको छ।

यस्तै दुर्घटना तथा अशक्तता सुरक्षा दावी रकम २२ करोड ३१ लाख ६३ हजार, आश्रित परिवार सुरक्षा दावी रकम २८ करोड ३५ लाख ९७ हजार र अवकाश दावी रकम १४ अर्ब ३६ करोड १२ लाख आठ हजार रुपैयाँ रहेको छ। रासस


प्रकाशित : आइतबार, कात्तिक १६ २०८२०७:१५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend