शुक्रबार, असार १९ गते २०८३    
शुक्रबार, असार १९ २०८३

भारतको गृह मन्त्रालयले भन्यो- नेपाली नागरिकप्रति कुनै प्रकारको पूर्वाग्रह वा भेदभाव राख्दैनौं

आइतबार, कात्तिक १६ २०८२
भारतको गृह मन्त्रालयले भन्यो- नेपाली नागरिकप्रति कुनै प्रकारको पूर्वाग्रह वा भेदभाव राख्दैनौं

भारतको गृह मन्त्रालयले नेपाली नागरिकप्रति कुनै पनि प्रकारको पूर्वाग्रह वा भेदभाव नराखेको स्पष्ट पारेको छ।

काठमाडौं-भारतको गृह मन्त्रालयले नेपाली नागरिकप्रति कुनै पनि प्रकारको पूर्वाग्रह वा भेदभाव नराखेको स्पष्ट पारेको छ।

एयर इन्डियाको विमानमार्फत दिल्ली हुँदै जर्मनी जाँदै गरेकी एक नेपाली यात्रुलाई रोकिएको घटनापछि मन्त्रालयले शनिबार विज्ञप्ति जारी गर्दै त्यसलाई गलत तरिकाले प्रस्तुत गरिएको प्रतिक्रिया दिएको हो।

विज्ञप्तिमा भनिएको छ, ‘उक्त घटनामा भारतीय अध्यागमन अधिकारीहरूको कुनै भूमिका छैन। ती यात्रु एयर इन्डियाको उडानबाट काठमाडौंबाट दिल्ली आइपुगेकी थिइन्।

दिल्लीलाई ट्रान्जिटका रूपमा प्रयोग गरेकी उनलाई कतार एयरवेजको विमानमा चढ्ने क्रममा रोकिएको हो। एयरलाइन्सले नै उनको भिसाको वैधता हेरी जर्मनीतर्फको यात्रा जारी राख्न अनुमति नदिने निर्णय गरेको हो र उनलाई काठमाडौं फर्काइएको हो।’

मन्त्रालयले स्पष्ट पारेको छ कि यस किसिमको निर्णय प्रायः गन्तव्य देशका नियम र आवश्यकताअनुसार एयरलाइन्सले नै गर्ने गर्छन्, र यात्रीले आफ्नो ट्रान्जिट यात्रा सम्बन्धी विषयमा भारतीय अध्यागमन विभागसँग सम्पर्क गर्नुपर्ने हुँदैन।

विज्ञप्तिमा थप भनिएको छ, ‘यो एयरलाइन्स र यात्रुबीचको विषय हो, यसमा भारतीय अध्यागमन अधिकारीहरूको कुनै भूमिका छैन। भारत नेपालसँगको आफ्नो बलियो सम्बन्धलाई अत्यन्तै महत्व दिन्छ र कुनै पनि भारतीय अधिकारी वा संस्थाबाट नेपाली नागरिकप्रति पूर्वाग्रह वा भेदभाव गरिएको छैन।’

 


प्रकाशित : आइतबार, कात्तिक १६ २०८२०७:०९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend