शुक्रबार, असार १९ गते २०८३    
शुक्रबार, असार १९ २०८३

‘मोन्था’ आँधीको प्रभाव कमजोर बन्दै

आइतबार, कात्तिक १६ २०८२
‘मोन्था’ आँधीको प्रभाव कमजोर बन्दै

नेपालमा हाल पश्चिमी वायू र अरब सागरमा बनेको न्यून चापीय प्रणालीको प्रभाव रहेको छ। बंगालको खाडीबाट आएको मोन्था चक्रवात भने बाहिरिएको छ।

काठमाडौं- नेपालमा हाल पश्चिमी वायू र अरब सागरमा बनेको न्यून चापीय प्रणालीको प्रभाव रहेको छ। बंगालको खाडीबाट आएको मोन्था चक्रवात भने बाहिरिएको छ।

आइतबार देशभर आंशिकदेखि साधारतया बदली रहेको छ। बिहान कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका विभिन्न भूभागहरुमा छिटपुटदेखि हल्का वर्षा भएको छ।   

दिउँसो कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा साधारणतया बदली रही मधेश प्रदेश लगायत बाँकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रहने तथा बाँकी भू-भागमा मौसम मूख्यतया सफा रहने महाशाखाले जनाएको छ।

दिउँसो कोशी प्रदेश लगायत बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूमा हल्का वर्षा/हिमपातको सम्भावना रहेको छ ।

आइतबार राति  कोशी प्रदेश लगायत बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी प्रदेशमा मौसम मूख्यतया सफा रहने छ ।

राति कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी र हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ। रासस


प्रकाशित : आइतबार, कात्तिक १६ २०८२०७:०२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend