शुक्रबार, असार १९ गते २०८३    
शुक्रबार, असार १९ २०८३

पहिरोले मेची राजमार्ग अवरुद्ध, चार जिल्लाका यात्री प्रभावित

शनिबार, कात्तिक १५ २०८२
पहिरोले मेची राजमार्ग अवरुद्ध, चार जिल्लाका यात्री प्रभावित

पहिरो पन्छाए पनि सडक भासिने क्रम रोकिएको छैन। खुलाउने प्रयास निरन्तर भइरहेको छ।

इलाम- बिहीबारदेखिको अविरल वर्षाले अवरुद्ध मेची राजमार्ग आज पनि बन्द छ।

राजमार्गको इलाम नगरपालिका-९ स्थित इलाम-राजदुवाली खण्डमा पहिरो खसेपछि अवरुद्ध सडक खोल्न भरमग्दुर प्रयास भइरहेको सम्बन्धित निकायका अधिकारीले बताएका छन्।

सडक डिभिजन कार्यालयका प्रमुख पवन भट्टराईका अनुसार पहिरो पन्छाए पनि सडक भासिने क्रम रोकिएको छैन। 'सडक खुलाउन हामी अहोरात्र खटेका छौँ तर सडक भासिने क्रम रोकिएको छैन', उनले भने।

मेची राजमार्ग अवरुद्ध हुँदा इलामसहित, पाँचथर, ताप्लेजुङ र झापाका यात्री प्रभावित भएका छन्। इलामसहित पाँचथर र ताप्लेजुङबाट झापा जाने सवारी साधन गोलाखर्क भञ्ज्याङमा र झापाबाट इलाम, पाँचथर र ताप्लेजुङ जाने सवारी साधन माईखोलामा रोकिएका छन्।

वैकल्पिक सडकका रुपमा प्रयोग हुँदै आएको मेची कोरिडोर (केचना-कञ्चनजंघा सडक) अन्तर्गत बेलासेस्थित माईखोलाको पुल असोज १८ को बाढीले भाँचिएको र तिल्केनी-सिमलगोलाई सडकअन्तर्गत जोगमाई खोलाको डाइभर्सनमा बिहीबारको बाढीले क्षति भएपछि इलामबाट झापा जाने यात्री पनि मर्कामा परेका छन्। रासस


प्रकाशित : शनिबार, कात्तिक १५ २०८२१४:०४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend