शुक्रबार, असार १९ गते २०८३    
शुक्रबार, असार १९ २०८३

अतिक्रमित सार्वजनिक जग्गा र मापदण्ड विपरीत संरचना तत्काल खाली गर्न सूचना

शुक्रबार, कात्तिक १४ २०८२
अतिक्रमित सार्वजनिक जग्गा र मापदण्ड विपरीत संरचना तत्काल खाली गर्न सूचना

काठमाडौं महानगरपालिका र काठमाडौँ उपत्यका विकास प्राधिकरण (का.जि.)ले काठमाडौँ महानगरपालिका क्षेत्रभित्र र सिमाना जोडिएका काठमाडौं जिल्लाभित्र रहेका अतिक्रमित सार्वजनिक जग्गा र मापदण्ड विपरीत भवन/संरचना तत्काल खाली गर्न सर्वसाधारणलाई सूचना जारी गरेको छ।

काठमाडौं- काठमाडौं महानगरपालिका र काठमाडौँ उपत्यका विकास प्राधिकरण (का.जि.)ले काठमाडौँ महानगरपालिका क्षेत्रभित्र र सिमाना जोडिएका काठमाडौं जिल्लाभित्र रहेका अतिक्रमित सार्वजनिक जग्गा र मापदण्ड विपरीत भवन/संरचना तत्काल खाली गर्न सर्वसाधारणलाई सूचना जारी गरेको छ।

काठमाडौं महानगरपालिका र काठमाडौं उपत्यका विकास प्राधिकरण (का.जि.)ले काठमाडौँ महानगरपालिका क्षेत्रभित्र र सिमाना जोडिएका काठमाडौँ जिल्लाभित्र रहेका अतिक्रमित सार्वजनिक जग्गा तथा मापदण्ड विपरीत निर्माण भएका संरचना हटाउने/खाली गर्ने निर्णय गरेका छन्। निर्णय संयुक्त बैठक (२०८२ असोज २) मा गरिएको हो।

सूचनामा भनिएको छ कि, स्थानीय सरकार सञ्चालन ऐन २०७४ को परिच्छेद ७ र दफा ४५ अनुसार सार्वजनिक क्षेत्र वा जग्गामा बिना अनुमति भवन निर्माण गर्नु कानुनी रूपमा निषेध छ। त्यस्तै, सोही ऐनको दफा ९७ अनुसार सार्वजनिक सम्पत्ति संरक्षण, व्यवस्थापन र विकास गर्ने जिम्मेवारी स्थानीय तहको भएकाले, उल्लङ्घन भएका संरचना ७ दिनभित्र हटाउन सर्वसाधारणसँग अनुरोध गरिएको छ।

महानगरपालिका–का.जि.को संयुक्त निर्णयमा उल्लेख छ कि, समयसीमा भित्र हटाइएका संरचनाहरूमा सहयोग पुर्‍याउने नागरिक र संस्थालाई प्रोत्साहन दिइनेछ भने, तोकिएको समयसीमा भित्र संरचना हटाउन नआएका वा अतिक्रमण जारी राख्ने पक्षविरुद्ध कानुनी कारबाही गरी जग्गा खाली गरिने छ।

सूचनामा यसबारे सार्वजनिक सहभागिता सुनिश्चित गर्न पनि आग्रह गरिएको छ। 


प्रकाशित : शुक्रबार, कात्तिक १४ २०८२१७:१०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend