शुक्रबार, असार १९ गते २०८३    
शुक्रबार, असार १९ २०८३

अलपत्र परेका पर्यटकको उद्धार गर्न सशस्त्र प्रहरी बल परिचालन

शुक्रबार, कात्तिक १४ २०८२
अलपत्र परेका पर्यटकको उद्धार गर्न सशस्त्र प्रहरी बल परिचालन

मनाङको तिलिचो बेश क्याम्पमा अलपत्र परेका पर्यटकको उद्धारका लागि सशस्त्र प्रहरी बल परिचालन गरिएको छ।

काठमाडौं- मनाङको तिलिचो बेश क्याम्पमा अलपत्र परेका पर्यटकको उद्धारका लागि सशस्त्र प्रहरी बल परिचालन गरिएको छ।

मनाङको ङिस्याङ गाउँपालिका–९ तिलिचो तालको बेश क्याम्पमा अलपत्र परेका १५ पर्यकको उद्धारका लागि सशस्त्र प्रहरी बलको उद्धार टोली त्यसतर्फ गएको प्रहरी नायव उपरीक्षक शैलेन्द्र थापाले जानकारी दिए। दुई चिनियाँ र १३ नेपाली गरी १५ पर्यटक हिमपातका कारण  तिलिचो तालको बेश क्याम्पमा अलपत्र परेका उनले बताए। 

पर्यटक अलपत्र परेको जानकारी पाउनासाथ सशस्त्र प्रहरी बल नेपाल पर्वतीय उद्धार तालिम शिक्षालय मनाङबाट सशस्त्र प्रहरी उपरीक्षक टोपबहादुर डाँगीको नेतृत्वमा विपद् व्यवस्थापन तालिम प्राप्त सुरक्षा फौज र मेडिकलसहितको टोली उद्धारका लागि खटिएको छ।

सो ताल पर्वतीय उद्धार तालिम शिक्षालय मनाङबाट पैदल जानुपर्ने भएकाले उद्धारमा केही समय लाग्ने छ। अलपत्र परेका पर्यटकको अवस्था भने अहिलेसम्म सामान्य रहेको बताइएको छ। रासस


प्रकाशित : शुक्रबार, कात्तिक १४ २०८२१६:२१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend