शुक्रबार, असार १९ गते २०८३    
शुक्रबार, असार १९ २०८३

बेँसीसहर–चामे सडक अवरुद्ध

शुक्रबार, कात्तिक १४ २०८२
बेँसीसहर–चामे सडक अवरुद्ध

केही दिनदेखि परेको वर्षाका कारण लमजुङ-मनाङ जोड्ने एकमात्र बेँसीसहर चामे सडक अवरुद्ध भएको छ।

लमजुङ- केही दिनदेखि परेको वर्षाका कारण लमजुङ-मनाङ जोड्ने एकमात्र बेँसीसहर चामे सडक अवरुद्ध भएको छ।

यस सडकअन्तर्गत लमजुङ मस्र्याङ्दी गाउँपालिका–४ स्थित अक्टोपस झरनामा पानी बढेको र जगतको ठाउँ ठाउँमा सडक माथिबाट ढुङ्गाहरु झर्ने क्रम निरन्तर रहेपछि आज दिउँसो १४ः३० बजेदेखि सडक पूर्ण रूपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ। 

प्रहरी कार्यालयका सूचना अधिकारी अभिषेक पाण्डेले पानी निरन्तर परेपछि सो अक्टोपस झरना पार गरेर कुनै पनि सवारीसाधन चल्नसक्ने अवस्था नरहेको र जगतलगायत विभिन्न स्थानमा सडक माथिबाट ढुङ्गाहरु खसिरहेपछि सवारी सञ्चालन ठप्प भएको बताए। सो स्थानमा प्रहरी परिचालन गरिएको र झरनाको पानी कम र ढुङ्गा खस्न रोकिएपछि मात्रै सवारीसाधन सञ्चालनमा आउने उनको भनाइ छ। 

सडक अवरुद्ध भएपछि बीचबाटोमै सवारीसाधन तथा यात्रुहरु रोकिएका छन्। यतिबेला मनाङ घुम्न गएर फर्किने पर्यटकको भीड रहेको भए पनि बाटो अवरुद्ध भएपछि पर्यटकदेखि स्थानीयलाई समस्या भएको छ। 

यस सडकमा दर्जनौँ जिपदेखि अन्य सवारीसाधन सञ्चालन हुँदै आएको छ। पानी निरन्तर रूपमा परिरहेकाले सडक तत्काल सञ्चालनमा आउन नसक्ने प्रहरीले जनाएको छ।

सडकमा यातायात अवरुद्ध हुँदा लमजुङको उत्तरी भेगका स्थानीयदेखि हिमाली जिल्ला मनाङवासीहरु बढी प्रत्यक्ष मर्कामा पर्ने गरेको छ। ६५ किलोमिटर रहेको यस सडक लमजुङतर्फ ३५ र मनाङतर्फ ३० किलोमिटर रहेको छ। रासस


प्रकाशित : शुक्रबार, कात्तिक १४ २०८२१५:५६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend