शुक्रबार, असार १९ गते २०८३    
शुक्रबार, असार १९ २०८३

न्यूनतम तलब, भत्ता र सेवा–सुविधा सुनिश्चित गर्न माग गर्दै देशभरका नर्सहरू आन्दोलित

शुक्रबार, कात्तिक १४ २०८२
न्यूनतम तलब, भत्ता र सेवा–सुविधा सुनिश्चित गर्न माग गर्दै देशभरका नर्सहरू आन्दोलित

नर्सिङ संघले अघि सारेको १५ बुँदे माग कार्यान्वयनको माग गर्दै बिहान १० देखि १२ बजेसम्म देशभरका अस्पतालमा नर्सहरूले विरोध प्रदर्शन गरेका हुन्।

काठमाडौं- न्यूनतम तलब, भत्ता र सेवा-सुविधा सुनिश्चित गर्न माग राख्दै देशभरका नर्सहरू शुक्रबार आन्दोलित भएका छन्। निजी तथा सामुदायिक अस्पतालका नर्सहरूले विरोध प्रदर्शन गर्दा सरकारी अस्पतालका नर्सहरूले समेत एक्यबद्धता जनाएका छन्।

नर्सिङ संघले अघि सारेको १५ बुँदे माग कार्यान्वयनको माग गर्दै बिहान १० देखि १२ बजेसम्म देशभरका अस्पतालमा नर्सहरूले विरोध प्रदर्शन गरेका हुन्।

उनीहरूको मुख्य मागमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २०८२ असोज २४ गते जारी गरेको पत्र कार्यान्वयन गरी स्वास्थ्यकर्मीको न्यूनतम पारिश्रमिक सरकार सरह कायम गर्नुपर्ने, अतिरिक्त कार्यवापत भत्ता दिनुपर्ने, ज्यालादारी प्रणाली अन्त्य गर्नुपर्ने र तलब-भत्ता बैंकिङ प्रणालीमार्फत भुक्तानी गर्नुपर्ने माग समावेश छन्।

त्यसैगरी, दक्ष नर्सिङ जनशक्तिलाई अब श्रमिकको रूपमा नभई स्वास्थ्य ऐन अन्तर्गतको पेशागत संरचनाभित्र व्यवस्थापन गर्नुपर्ने माग पनि गरिएको छ। 

नर्सिङ संघका अनुसार १८ कात्तिकसम्म माग सम्बोधन नभए चरणबद्ध रूपमा कडा आन्दोलन गर्ने चेतावनी दिइएको छ। श्रमको सम्मान नभएसम्म आन्दोलन जारी रहने संघले जनाएको छ।


प्रकाशित : शुक्रबार, कात्तिक १४ २०८२१३:२८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend